गीत : तिमीले देखेको सपनालाई

~राकेश कार्की~Rakesh Karki

तिमीले देखेको सपनालाई
चुपचाप पछ्याइ आएँ
तिम्रो पलकको निम्तामा
आफैलाई मनाइ ल्याएँ

जब मेरो हाँसो ब्यूँझन्छ
तिम्रो हाँसोलाई सम्झन्छ
हाँसो हाँसोको ओहोरदोहरमा
कति कति ऋतु बदलिन्छ

तिमीले देखेको सपनालाई
चुपचाप पछ्याइ आएँ

तिमीले प्यारो भावना दियौ
त्यसमा म अनि तिमी थियौ
मीठो भावनाको सारफेरमा
मेरो मुटुको माया लियौ

तिमीले देखेको सपनालाई
चुपचाप पछ्याइ आएँ
तिम्रो पलकको निम्तामा
आफैलाई मनाइ ल्याएँ

लस एन्जेलस

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.