~सनत रेग्मी~
आज भोली गाउँमा वाघ पल्केको छ।सधै कसैन कसैको बस्तु भाउ बाघले घिसारेर लाने गरेको छ। गाउँलेहरू बन्य जन्तु आरक्षमा बाघलाई नियंत्रण गरिदिन अनुरोध गर्न गए। आरक्षका कर साहबले। सोधनी भयो कता तिरको गाउँमा पुगे छ बाघ।
गाउँले ले जवाबदिए बोर्डर तिरको गाउँमा हजुर । ठुलो पाटे बाघ छ।
खै उता त पुग्न नपर्ने हो।आरक्ष भित्रको बाघ त पुग्न सक्दैन उता। पारी तिरको जंगलबाट आएको होकि? उता पारीको रेन्ज अफिसमा पनि सोध खोज गरनुस।
गाउँलेहरू पारी रेन्ज अफिसमा उजुर गर्न गए। रेन्जरले हाँस्दै भन्यो कस्तो कुरा गरनु हुन्छ तपाइँहरू।बंगाल टाइगर हाम्रो जंगलमा छंदै छैन यो त उतैतिरको जंगलबाट आएको होला।
गाउँलेहरू फर्किएर आए। यताकाले उताको बाघ हो भन्छन।उताकाले यताको हो भन्छन। बाघ भने सधै एउटा न एउटा बस्तु भाउ घिसारेको घिसारै छ। गाउँले हैरान छन। हैन यो बाघको नागरिकता कताको हो।कसरीथाह पाउने उसको नागरिकता?नागरिकता थाहपाए त कसेरै उजुर गर्न हुन्थ्यो।