~सन्तोष दहाल~
हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ?
अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ?
प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन
देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ?
मृत यो देश माथी,हाम्रो माया टिक्ला कति
देशले मागे जाउ न सती,खुट्टा कमाएर के हुन्छ ?
तिम्रो माया साँचो नै हो,झुटो मैले कहिले भनें
अरुलाइ नि सहयोग गर्न हात बढाएर के हुन्छ ?
पार्टीको त्यो झण्डा छोड्देउ,त्यो त सबले समाकै छन
राष्ट्रिय झण्डा सधैंलाई कांध चढाएर के हुन्छ ?
हाम्रो देश,हाम्रो भेष,हाम्रो सबै राम्रो हाम्लाइ
हिंड अब हात्ती मार्न,नाङ्लो ठटाएर के हुन्छ ?
हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ?
अहिले खाने दूध छैन,दही जमाएर के हुन्छ ??
-ललितपुर
(स्रोत : छलफलविक्ली डट कम)