कविता : मिस्टर भ्रष्टाचारी

~खगेन्द्र न्यौपाने~

जग्गा जमिन धरो थेन खुर्सानीको बारी
अहिले भने डल्लु कपन नैकाप सल्लाघारी
महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी
घुस खान थालेपछि ससुराली खुसी
तिम्रो नै छ मालामाल वारिदेखि पारि
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

मधेस पहाड छुट्याउनेको साथ पनि तिमी
राष्ट्रवादी भन्नेहरूको हात पनि तिमी
तिम्रो सँगत सवै पार्टीसँग हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

घाम छन्जेल सवैजना तिम्रै विरोध गर्छन्
साँझ फेरि शिखर साँझमा तिम्रैसामु पर्छन्
दरबारजस्तै घर जख्यौ बैंक वचत भारी
मेरो पनि नमस्कार है मिस्टर भष्टाचारी ।

तिम्रै प्यारा व्यापारी छन् ठेकेदार नेता
कालो कर्तुत गरे पनि पूँजी बन्छन् सेता
माल अड्डा भन्सार अड्डा सँधै हाराहारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.