राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की

राष्ट्रपति
एमाले भन्छ हामी गल्हत्याउछौँ
काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ
एमाओवादी र साना दल भन्छन्
कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ ।

पद
नभेटुन्जेल चल्मलाउछ
भेटेपछि मानिस बौलाउछ
पद भन्ने चीजै यो कस्तो
हातखुट्टा तन्काएर मौलाउछ ।।

जनता
तिम्रो दु:ख तिमीले नै झेल्नुपर्छ साथी
हारे पनि जिन्दगीमा खेल्नुपर्छ साथी
तिमी जनता तिम्रा सपना सडकभरी गाडी
त्यहीँ छेउ ठेलागाडा ठेल्नुपर्छ साथी ।।।

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.