~थरेन्द्र बराल~
साउने झरी उर्लीदा जोरै ढुकुर कुर्लीदा
यो मन बतासिदै जान्छ धेरै माथि हो
कस्तो रोग लाग्यो होला भन्देउ साथि हो ।
आकाशका सबै तारा राति चम्किने
जता टेक्यो उतै काॅडा कता उम्किने
शिकारीले चरी मार्यो धनु तिरले
कति दिन बाॅचिन्छर एस्तो पिरले
भदौरे भेल डर लाग्दो छैन कोहि भर लाग्दो
एसैलेनै खोजी हिड्छु दिउसो राति हो
कस्तो रोग लाग्यो होला भन्देउ साथि हो ।
घर मुनि हिटि धारा पानी पधेरो
हाॅस्ने खेल्ने उमेरमा किन अधेरो
दशै तिहार आउला भनि राखे जमरा
ब्यर्थै घुम्यो फूलबारीमा एउटा भवरा
असोज कार्तिक घमाईलो खोई काहा छ रमाईलो
एसैलेनै खोजि हिड्छु दिउसो राति हो
कस्तो रोग लाग्यो होला भन्देउ साथि हो ।
शब्द – थरेन्द्र बराल
स्वर- थरेन्द्र बराल/बिशाल राई ।
– राजगढ, झापा, हाल : कपन, काठमाडौँ