~राम गैरे ‘पाल्पाली’~
आँधीहुरी चलाएर दलाल जति भगाइ दिन्छु
खोज्दै जाली तमसुक, त्रिशुलीमा बगाइ दिन्छु
सुन्दर, शान्त देश मेरो संसारमा चम्केको छ
युवालाई स्वरोजगार स्कुलमा लगाइ दिन्छु
विकास गर्छु देशभित्र सिपमुलक योजनाले
अज्ञानता हटाएर चेतना दियो जगाइ दिन्छु
विदेश जाने युवा जमात अब आफ्नै घर फर्क
कमाई खाने योजना सरकारबाट मगाइ दिन्छु
तिम्रो खुशी देशको खुशी, देशमै मिली खोजौँ
तिम्रो पेट भर्दै जाँदा त्यसै पनि अघाइ दिन्छु
(लेखकको कृति ‘परिवर्तनका आँकुराहरू’ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३० – June 24, 2015 – २०७२ असार ९ गते, बुधबार)