गजल : चिसो हुँदाखेरी

~हीरारत्न श्रीशा~

पहाड काप्छ तराईमा चिसो हुँदाखेरी
हिमाल बग्छ पहाड तराई दुःखी रूँदाखेरी

हामी सबै नेपाली हौँ भाषा,बसाई फरक
तराई रून्छ मुस्ताङको स्याउ कुँहुाखेरी

जातीयता र क्षेत्रीयतामा देशलाई नटुक्राउँ
रित्तिन्छ घैटो पनि थोपा चुँदाखेरी

नेपाली पन ,नेपाली मन आक्रोशमा जल्छ
आँखा लाउँदै बिस्तारबादले तराई छुँदाखेरी

जातिय र भौगोलिक बिभेद देख्ने आँखा
जाती हुन्थ्यो, नेपाली मनले, धुँदाखेरी

वाङला, अर्घाखाँची (हालः कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ८ – Jan. 15, 2014 – २०७० माघ १ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.