~कृष्ण कुसुम~
छोडि जाँदा आफ्नै प्यारो सहेलिले पनि
आँशु भेल बगाउँदैछ परेलिले पनि
फूललाई जतिसुकै कोमल मन तिमी
मलाई घोच्यो बेली अनी चमेलीले पनि
व्यथा बल्झिएर मनै दुखेपछी
पोल्छ साथी साँच्चै पोल्छ जुनेलीले पनि
सबैबाट हेलाँ मात्र पाएर पो हो कि ?
गिज्याए झैं लाग्छ फूलको तरेलिले पनि
मन डढेर जलिसक्यो कहाँ हुनु खुशी ?
दिँदैन नि त्यो आनन्द हवेलीले पनि ।।
(हालः अमेरिका)
(स्रोत: मधुपर्क २०७५ मङ्सिर)