गजल : रुनु पनि पर्दो रहेछ

~निशब्द प्रमोद~

जिन्दगि हो कहिले कहिँ रुनु पनि पर्दो रहेछ
मन हो कहिले कहिँ टुटनु पनि पर्दो रहेछ

सधै सङ्गै बाँच्छु भनेर पाईन्छ र कहाँ ?
नलेखे पछि आफ्नो सङ्ग पनि छुट्नु पर्दो रहेछ

कहिले नछुटने भनि कसम पनि नखाको हो र?
भाग्य सामु माया पनि निरह पर्दो रहेछ

माया ले त सन्सार बस्छ मात्र भन्ने सुन्थे
यहा भेलले नदिलाइ नै बगाउँदो रहेछ

नभन बाँध बनाउ किनारमा फेरि भनि
अघिल्लो साल भेल बाँधले नै बोलाको रहेछ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.