~लक्ष्मी बिष्ट~
कस्तो बुझ्नै नसकिने, छोरीले घर स्वर्ग बनाउँछे रे
आमाको कोखबाटै, मरेतुल्य जन्मेकी छोरी मान्छे ।
सुन्दा अनौठो लाग्छ, शान्ति, खुसी, गिता र लक्ष्मी रे
बाबा, श्रीमान्, छोराको मैदानमा खेल्नु पर्ने, छोरी मान्छे ।
सम्झैता हो कीे, परिणत भए, नेताको खुममा धर्ती हो रे
ईच्छा, चाहना, खुसी पराईको हातमा सुम्पिनु पर्ने, छोरी मान्छे ।
जब एक गोत्रबाट अर्को गोत्रमा जोडिन्छ रे
त्यबी बेलानै, ज्यूदो लाससरी हुन्छे छोरी मान्छे ।
भाग्य, विधताबाट छलीएर, छैटी गरेकी छे रे
बाबाको अगेनीबाट उल्टो पाइलाद्वारा पुर्नजन्म, हो छोरी मान्छे ।
कसैको दयालु स्वार्थले, शरणार्थीको अन्त्यष्ठी छ रे
कूलपूँजामा नचढ्ने, पवित्र पारिजातसरी, छोरी मान्छे ।
श्रृजनाबिजको अंकुरणको शितलता हो रे
आफैमा एक अध्यारो छाँया, हत्केलामा फुलाउने हो छोरी मान्छे ।
शहनशिलता, विश्वासी अनी मायाको खानी हो रे
अरुमा हराई उज्ज्वालोको दीपसरी, जीउँदो लास रहेछ छोरी मान्छे ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )