कविता : म मधेस बोल्दैछु

~ऋतिक यादव~

विभेदको खुल्ला तरङ्गमा पराधीन म
सहारा वेगर विमार छु
राजनीतिको तकरारमा सीमित म
सधैं आन्दोलन गर्न तयार छु
म मधेस बोल्दैछु।।

नाकाबन्दी गर्ने औकात मेरो
शासकको गोली खान तयार छु
कहा परास्त भयो सङ्घर्ष मेरो
उसैको तन्त्रमा गिरफ्तार छु
म मधेस बोल्दैछु।।

प्रगतिको यात्रा कहिल्यै नहेरेको म
एउटा सपना हेर्न तयार छु
संङ्घीयताले झन् शिथिल म
नेताको भोट माग्ने व्यापार छु
म मधेस बोल्दैछु।।

‘ जय मधेस ‘ असफल नारा मेरो
दमनको विरुद्धमा सहिद हुन तयार छु
चरम बिन्दुमा पुगेछ त्याग मेरो
फेरि आन्दोलन गर्न तयार छु
म मधेस बोल्दैछु।।

– ऋतिक यादव
सिम्रौनगढ-१०, बारा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.