~रिजन ताम्राकार~
माफ गरिदेउ मलाई ए मेरा मित्र
झाक्न सकिन मैले तिम्रो मन भित्र
बुझ्न सकिन तिम्रो सुन्दर हृदय चित्र
छोडेँ सदा मैले तिमीलाई अलपत्र
असल मान्छे बन्ने नै हो मेरो रहर
कोसिस गरिरहेको छु म हर प्रहर
भइसकेको छैन म अझै सफल
पाइला तर त्यतै सार्दै छु हरपल
मनभरी मैलको पोका बोकेर
हिडिरहेँ वरपर दुर्गन्ध फैलाएर
माया बाँध्ने नाममा पिडा दिएर
कसैको मनको कुरा नबुझेर
मन थियो छर्न चारैतिर शीतल जल
हटाउने घृणाको कालो घना बादल
तर म फसेथेँ पीडाको दलदलमा
जलिरहेथेँ भित्र भित्रै हरेक पलमा
एकदिन मनको मैल अवस्य हत्ने छ
घृणाको कालो बादल अवस्य फात्ने छ
पीडाको दलदलबाट नै प्रेम बग्ने छ
तन र मनबाट सारा जलन भाग्ने छ
प्रयत्न गर्दैछु म थाकिसकेको छैन
सजिलै हार मान्ने मान्छे हामी हैन
अब आधीँले पनि रोक्न सक्दैन
अब पीडाको तालमा मन नाच्दैन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )