बहरबद्ध गजल : भुलेकै छु सानी

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

छन्द : भुजंगप्रयात / बहर : मुतकारिव

मिठो याद सानी भुलेकै छु सानी
मिठाथे कहानी भुलेकै छु सानी

तिनै याद बोकी म बाच्ने भनेको
निसंकोच् नमानी भुलेकै छु सानी

यता रुन्छु एक्लै तिमी छौ नि एक्लै
चढेको जवानी भुलेकै छु सानी

कुनै मास हाम्रो कतै भेट होला
सुनौलो विहानी भुलेकै छु सानी

मिठो याद आशा छ है जिन्दगीमा
म जानी नजानी भुलेकै छु सानी

इलामेली टीकाराम दुलाल
२०७४।१।१२ गते रोज ३
नक्साल, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.