कविता : बगैंचाहरु

~दिल थापा~

मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु
मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l

टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ
फूलनिरको सुचनापाटीमा
टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै
टिप्न खोज्नेहरु धेरै भेटिन्छन् यो पापी सहरमा
त्यसैले पटक पटक फुलेर किन गछौं भूलहरु
मैले हिड्ने गोरेटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु
मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।ll

घरी घरी यही बाटो भएर हिडिरहन्छन् भमराहरु
मिठो मुस्कानको धारिलो घुरी बोकेर ।
कोपिलैमा फूलका अस्मिता रेट्नलाई
जब रेटिन्छ अस्मिता मालीको बग्न थाल्छ आँसुका मुलहरु
मैले हिड्ने गोरेटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु
मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।ll

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.