कविता : फरक अनुभुती

~घनश्याम प्याकुरेल~

एकदम फरक अनुभुती
एकदम फरक मान्छे बाट
महसुस गर्दै छु अचेल
सोचिराको पनि छु फरक कोणबाट
फरक के हामी बिच
म आफूलाई अरु भन्दा फरक ठान्छु
ऊ पनि त्यस्तै ठान्छे
आफ्नो आफ्नो ठाउँमा फरक भए पनि
हाम्रो लक्ष्य एउटै गन्तब्य एउटै
उस्तै समानता उस्तै भिन्नता
अचम्म को रहर

उसलाई महल चहिन्न घर नै चहिन्न
बस् मेरो साथ भए पुग्छ।
उसलाई ठूलो केही चहिन्न
बस् एउटा मिठो मुस्कान
उस्को र मेरो फरक भित्र को समानता
उसलाई कोहि चहिन्न मलाई जस्तै
बस् एउटा मान्छे होस्
यस्तो होस कि उ सँग हुँदा दुनियाँ बिर्सिन सकियोस्
उ सङ्ग हुँदा आफ्नोपनको आभास होस्
जिन्दगी जिउने नयाँ बहाना बनोस् ।

यो शहर निक्कै भिन्न लाग्थ्यो कुनै बेला
थाहा छैन किन आज ऊ बिना शुन्य लाग्छ ।
म मेरो मात्र कुरा सुन्ने मान्छे
आज हाम्रो कुरा सुन्ने भैसकेछु
ऊ् सँग मेरो सम्बन्ध के?
ऊ सँग मेरो नता के?
तर किन किन ऊ नै नजिक लाग्छ।
अरु भन्दा
अतित पल्टाउँदा सम्झन लायक धेरै कुरा होलान्।
केही सपना थिए होलान् केही अँधुरा रहर
तर आज अतित बिर्सिएझै भएको छ ।
आजकल मलाई हल्ला मन पर्दैन कोलाहल मन पर्दैन
भिडभाड मन पर्दैन ठूलो स्वरले बोलेको पनि मन पर्दैन।
अचम्मित छु आजकल
किनकि उसलाई यो सब मन पर्दैन।

निन्द्राले आँखा झिमिक झिमिक गर्दा
किन निन्द्रा लाग्दैन थाहा छैन ।
तिमि सँग हजार कुरा गर्छु तर पनि
यो मन किन थाक्दैन थाहा छैन
म दुनियाँ सँग खासै धेरै कुरा गर्दिन
तर तिमी सँगको लाखौँ कुरा पनि एकदम थोरै लाग्छ ।
मलाई थाहा छैन यो के हो?
सायद तिमिलाई थाहा छ कि?
भन्ने ले त माया भन्लान् प्रेम भन्लान्
तर यो के हो मलाई पनि थाहा छैन।
यो अनौठो अनुभुति कहाँ बाट आयो?
अचम्म
अनि तिमीलाई कस्तो लाग्छ नि?
मलाई यो समय साच्चै फरक लाग्छ
एकदम फरक हिजो अस्ति भन्दा ।
मलाई माया के हो थाहा छैन
यति मात्र थाहा छ कि
कोहि आत्मीय मान्छे थपिएको छ
पक्कै नै
आम मानिस हरु भन्दा एकदम फरक
जस्को प्रतीक्षामा म रात बिताउन सक्छु
भोक हराउन सक्छु
निन्द्रालाई टाढा राखिदिन सक्छु !

मलाई खासै ठुलो रहर पनि छैन जिन्दगी सङ्ग
न त ठुलो सपना नै छ
न त ठुलो लक्ष्य
न त ठुलो योजना ।
तर पनि कहिलेकाहिँ रहरले बध्यताको रुप धारण गर्छ
तब अलि फरक अनुभुति हुन्छ ।
म तिम्रो आसुको कारण नबनम भन्छु
तर कहिलेकाही तिमिले खुशिको आसु झार्दै गर्दा
मलाई अलि पिडा को अनुभुती भएको हुनसक्छ ।
तिम्रो मन ले सोचेको जस्तो मेरो मन ले नसोच्ने हो कि
तिमिलाई यति एउटा डर हुनसक्छ ।
यति नजिक भएर पनि टाढा हुनुपर्ने हो कि भन्ने डर
तर थोरै समयमा धेरै नजिक
धेरै आत्मीय धेरै मिलनसार
अरुहरु भन्दा एकदम फरक।
जिन्दगी यति फरक मोडबाट मोडिन्छ भन्ने
सायद कहिले सोचिन होला मैले ।
एकदम फरक अनुभुती
जे महसुस गर्दैदछु अचेल ।

घनश्याम प्याकुरेल, काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.