गजल : सिमानामा कराएर

~केशव गाहा ‘पाल्पाली’~

कहाँ मिल्छ समाधान सिमानामा कराएर ।
कस्तो पहिचान खोज्यौ देशलाई हराएर ।।

माया गर देशलाई तिमी नेपाली हौ भने ।
ठूलो गल्ती गरेका छौ देशै बन्दी गराएर ।।

पिल्सिएर सधैभरि तिम्रो राजनीतिभित्र ।
कति बाँच्छन दीनदुःखी आँसुधारा झराएर ।।

शङ्का धेरै लाग्न थाल्यो बसेका छौँ आज
देशप्रेमलाई तिमी सिमापारि तराएर ।।

बस्ने छैनन् चुप अब देशभक्त युवाहरू ।
तिम्रा भाला छुरासँग अनायासै डराएर ।।

– पाल्पा (हाल रायगढ, भारत)

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.