कविता : मुग्लान बसे पछि !!!

~रबिन पुरि~

आमाको चोली फेर्छु भन्थे, प्रदेश पसे पछि !
बा को टोपी किन्छु भन्थे , लाहुरे बने पछि !!
भाइ र बहिनी पढाउँछु भन्थे, शहर बसे पछि !
घर जग्गा किन्छु भन्थे ,मुग्लान बसे पछि !!

आमा र बा लाई खुशी दिन्छु भन्थे, पैसा कमाएँ पछि !
सुखी जीवन जिउँछु भन्थे ,गाउँ छाडे पछि !!
शहर र बजार घुम्छु भन्थे ,विदेश पसे पछि !
नयाँ नयाँ लुगा किन्छु भन्थे ,मुग्लान पसे पछि !!

साहुको ऋण तिर्छु भन्थे, परदेश पसेसी !
घरको छानो फेर्छु भन्थे ,शहरिया बनेसी !!
बैक को ऋण तिर्छु भन्थे ,जहाज चढेसी !
खेत बारी निखन्छु भन्थे ,मुग्लान पसे पछि !!

नयाँ भविष्य खोज्छु भन्थे, बसाइ सरे पछि !
नयाँ पाइला चाल्छु भन्थे, प्रदेश पसे पछि !!
सन्तानको माया दिन्छु भन्थे ,लाहुर पसे पछि !
सिँदुर पोते किन्छु ,मुग्लान बसे पछि !!

रबिन पुरि
हाल Ras Al khaimah ,UAE

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.