~हरिप्रसाद भण्डारी~
बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो ।
एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त चित्र बनायो । बाटामा हिँड्ने एकजना बटुवाले अनौठो आकारमा कुँदिएको उक्त ढुङ्गोलाई देखेर दङ्ग प¥यो, देवताको मूर्ति ठान्यो र अबिर र फूल चढायो । अर्को एकजनाले त्यहाँ वरिपरि ध्वजापताका चढायो । उनीहरूसँगै अरू दुई÷चारजना मिसिए र वरिपरि सफा गरे । यो क्रम बढ्दै गयो । हिजो आज ठूलो ढुङ्गो खाटी देवता बनेको छ र त्यहाँ फूल प्रसाद चढाउने र पूजा गर्नेको धुइरो लाग्नेगरेको छ ।
–२०६३/०१/०१, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)