आविष्कार कलाका तीन मुक्तकहरु

~आविष्कार कला~


देशको रस खाने जुकाहरुको कुनै पार्टी हुँदैन
राष्ट्रको ढुकुटी कुम्लाउनेको सानो घाँटी हुँदैन
भाषणमा चर्को राष्ट्रियता तर सिन्को नभाच्ने
तिमिहरुको पछि अब जनताको ताती हुँदैन ।


शिक्षा स्वास्थ्य नागरिकको मौलिक हक होईन ?
राज्यको दायित्व घट्दै जानू समाजवादै होइन
राज्यले गर्नै पर्ने न्युनतम काममा अनसन यहाँ
समाजवादी संविधान भोली लागू हुने हो कि होइन ।


जुनेलि रात यो धर्तीनै राम्रो चन्द्र र जुनले
यो धर्ती माथि यी संगि साथि माया र गुनले
नौजवानहरु पसिना पोख्न भो विदेश नजाउ
नेपालै माथी सुन है फलाउ रोक्दछ कुनले ।

-मल्लरानी ३ प्युठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.