~स्पन्दन बिनोद~
बर्षौ देखि टाढिँदाको घाउ चर्चरायो
बढिरहेथेँ पाईला अचानक लर्बरायो
जिन्दगी यति रङ्गीन भएछ कि साथी
आफ्नै रङ्ग देखेर आफ्नै ऐना थर्थरायो
उता बाबा र आमाको दु:ख उस्तै छ अझै
सुख दिन हिँड्ने छोराको मन् जर्जरायो
कुनै घाउ नि देखिँदैनन् दुख्छन् भित्र भित्रै
मुसुक्क हाँसिदिएँ तर हाँसो पर्परायो
मेरै मृत्यु भाकी स्पन्दनमा धड्केकी प्रिया
बेला बखत सम्झँदैछ्यौ कि आँखा फर्फरायो
-स्पन्दन बिनोद, लण्डन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )