~यकिना अगाध~
आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो– ‘लौ हेर्नुस त ! उहाले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य भाग्यको कुरो होइन ।’
‘यो कहिले मर्ला र हेर्न पाउला भन्नेहरु पनि त यही भीडमा होलान् नि !’ अर्को मलामीले उसको प्रशंसामा चित्त बुझाएनन् ।
लासको अनुहारमा भने जिउँदो भएको बेलामाझैं आफ्नो प्रशंसा सुनेर न त कुनै रौनक नै छायो, न त विरोध गरेको सुनेर कुनै ग्लानी नै छायो ।
दुनियाँको अगाडि आजैबाट मान्छेबाट मुर्दामा परिणत भएको उसले आफ्नो काम, कर्तव्य, नाम, परिचय मात्र होइन वस्त्र समेत छोडेर गइसकेको थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )