~शंकर सोनम ‘वीरसाना’~
जब म हास्थें
तब तिमी पनि हाँस्दथ्यौ ।
जब म रुन्थें
तब तिमी पनि रुन्थ्यौ
हामी बिच यस्तो गहिरो प्रेम थियो
कि तिम्रो खुसी मेरो हुन्थ्यो
मेरो खुसी तिम्रो ।
मेरो दुख तिम्रो हुन्थ्यो
तिम्रो दुख मेरो ।
जब हामी एक हुन्थ्यौं
सबै पीडा गायब हुन्थ्यो
र हुन्थ्यो खुशी सदाबहार ।
तर आज,
समयले हामीलाई,
एक खोलिको दुई किनार बनाइदियो ।
तिमी पूर्व,
म पश्चिम ।
तर खेद छैन केही,
हामी एक खोलिको दुई किनार भएर के भो
हामी बिच बग्ने पीडाले उम्लेको आँसु,
क्रन्दन सुस्केरा हाली,
आखिर दुबैलाई छोएर त बग्छ ।
-दमक, झापा, नेपाल.
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )