गीत : चल्दै चल्दैन मुटु मेरो

~लेखु सहयात्री~

चल्दै चल्दैन मुटु मेरो तिमी विना
ढल्दै ढल्दैन रात मेरो तिमी विना
बादलविनाको वर्षा हुन्छु
पङ्खविनाको चरि म हुन्छु
पागल म हुन्छु,एक्लै म रुन्छु
तिमी विना तिमी विना

हेर बरु आँखा तरी गाली गर घरि घरि
तर टाढा नजाउ ए मन्जरी
यो मन बुझाऊँ कसोगरि
पीडा हुन्छ दिलैभरि
ए दिलकी रानी,ए मेरी परी
आकाशविनाको जून हुन्छु
बास्नाविनाको फूल म हुन्छु
पागल म हुन्छु,एक्लै म रुन्छु
तिमी विना

शब्द : लेखु सहयात्री
स्वर : पुरुशोत्तम सुबेदी, सुनिता थेगिम
सङ्गीत : बिक्रम राइ
सङ्गीत संयोजन : लेहङ्ग सुब्बा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.