~सदानन्द अभागी~
“उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।”
यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको श्रीबृद्धिका निम्ति साधनारत नारी हस्ताक्षरमा कृष्णादेवी, शर्मा श्रेष्ठको नाम उल्लेखनीय छ ।’’
माथि उल्लेखित धारणालाई केृलाउँदा कृति कसरी आएको र कृष्णदेवी शर्मा श्रेष्ठ (२००९) को साहित्यिक प्रभाव कति उच्चाइमा छ भन्ने धारणा प्रष्ट हुन्छ । उहाँका प्राय सबै कृतिको अध्ययन र केही टिकाटिप्पणी गर्ने सौभाग्य मलाई पनि मिलेको थियो । आज उहाँको समालोचनाको कृति ‘सृजना भित्र भावस्नान’मा रमाउँदै छु ।
एक दर्जन कृतिकी कृतिकार कृष्णादेवीलाई तीनदर्जन सस्थाहरूले सम्मान तथा नगद पुस्कार समेत प्रदान गरेका छन् भने, २७ साहित्यिक संघ संँस्थामा सदस्य,आजीवन सदस्य तथा सल्लाहाकारको रूपमा आवद्ध हुनु हुन्छ ।
३२ ओटा कृतिमा भावस्नान गरेकी कृष्णाले यस कृतिलाई दिदीद्वय स्व. पार्वती तिवारी स्व.गणेशकुमारी कँडेल तथा दाजीद्वय स्व.गंगाराम गौडेल(रेग्मी) र स्व. केदारनाथ गौडेल रेग्मीलाई यो कृति अर्पण गरेकी छन् । यस कृतिको प्रकाशन नारी साहित्य समाजले गरेको छ । मूल्य ५०० रुपियाँ राखिएको छ । आवरण अग्रपृष्ठमा स्वयम् कृतिकारको आकर्षक तस्विर राखिएको छ भने आवरण पछिल्लो पृष्ठमा डा. लक्ष्मण पै्रसाद गौतम र डा. नेत्रप्रसाद न्यौपानेका काव्य र काव्यकारप्रतिको धारणा राखिएको छ ।
नरेन्द्र दाइ मेररो दृष्टिमा –यो पहिलो भावस्नान हो ।यो कृति विश्वेश्वरप्रसाद कोइरालाको सिर्जना हो । यस कृतिको गहन अध्ययन गरी कृष्णाजीले यस कृतिमा द्वैधचरित्र भएका पुरषको प्रदाफास,, वी.पी.को जीवनदर्शन, वी.पी.को यौनवाद, वी.पी.को नारीवादी चिन्तन, वी.पी.को टेढीको जीवन स्मरण, पतिब्रता नारीको परिचय वी.पी.को राष्ट्रियता र प्रजातन्त्र र प्रेम जीवनधार हो भन्ने निष्कर्ष निकाल्नु भएको छ । निकै सुन्दर तरिकाबाट भावस्न् भएको देखिन्छ ।
टापुका स्वरहरू–प्रतिकथन– यो कृति सीमा आभास द्वारा सिर्जना गरिएको हो । यसमा संकलित सबै कथाहरूको अध्ययन गरेर कृष्णजीले यी कथाहरू यथार्थतामा आधारित भएको निकर्ष निकाल्नु भएको छ ।
जीवन काँडा र फूलको सम्झौता – झमक घिमिरेले लेखेको ‘जीवन काँडा कि फूल’ कृतिमा कृष्णाजीले गहिरो अध्ययन गरेको देखिन्छ । बास्तवमा यस कृतिले २०६८ सालको मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यो झमक घिमिरेको आत्मजीवनीपरक निबन्ध हो । यसको मैले पनि अध्ययन गरेकोछु । यस कृतिको समालोचनामा कृष्णाजीले भन्नु हुन्छ –‘मानव जीवनका हरेक मुद्दाहरूको बारेमा बहस उल्लेख गरिएको एक महत्त्वपूर्ण दस्ता वेज हो जीवन काँडा कि पूल’। झमकले यस कृतिमा जीवन काँडा कि फूल भन्ने प्रश्नको उत्तरमा कृष्णजी लेख्नु हुन्छ–
न त जीवन काँडा हो , प्रेरणा फूलको त हो
जीवन फूल काँडाको सम्झौता त अवश्य हो ।
छापामारको छोरासँग मेरो साक्षात्कार–‘छापामारको छोरा ’ कृतिका सर्जक हुन् महेशबिक्रम शाहा । यस कृतिमा जनयुद्धका समयमा घटेका घटनाक्रमलाई लिएर लेखिएका कारुणिक कथाहरूमा छापामारको छोरामा कृष्णाजीले राम्रोसँग विश्लेषण गरेर जनयुद्धमा लेखिएका कथाहरूमा महेशविक्रम शाहाको कथा अद्वितीय रहेको निष्कर्ष निकाल्नु भएको छ ।
प्रियाका आँसु –यस शीर्षकमा कृष्णाजीले श्रेष्ठ प्रिया ‘पत्थर’को आँसुको सौगात (गजलसङ्ग्रह २०६०ं)को समालोचनागर्नु भएको छ । कृष्णाले श्रेष्ठ प्रिया ‘पत्थर’ गजलमा हात चलाउने पहिली महिला हस्ताक्षरको संज्ञादिँदै,उनका गजलको सुन्दर चित्रण गर्दै विसङ्गतिवादका झिल्काहरू पाइने निष्कर्ष निकाल्नु भएको छ ।
तसलीमा नसरीनकों ‘दोस्रो पक्ष’ के भन्छ –‘दोसो्र पक्ष’ कृतिकी चर्चित कृतिकार हुन् तसलीमा नसरीन । उनका सबै कृतिले ख्याती कमाएका छन् । ‘लज्जा’ को सिर्जनाले त उनलाई ज्यान जोगाउन स्वदेश छाड्न परेको थियो । कृष्णजीले ‘दोस्रो पक्ष’ उपन्यासको समालोचना गर्नु भएको छ ।यस समालोचनामा कृष्णाजीले ‘दोस्रो पक्ष’लाई नेपाली नारीसँग जोडेर विवेचना गर्नु भएको छ । यो उपन्यासलाई यथार्थवादी उपन्यासको संज्ञा दिइएको छ ।कृष्णाजीले भन्नु हुन्छ –‘पुरुषको अश्लील अधिपत्यलाई समाप्त गरी, आफ्ना सन्तानमा पनि यो यस्तो परम्पराको अवशेष नरहोस् र रहनु पनि हुँदैन भन्ने सारगर्भित कुरामा टुङ्गिएको यो उपन्यास आजको युगको माग हो ।’
‘सोच’प्रतिको सोच – ‘सोच’ कृतिका कृतिकार हुन्र कर्ण शाक्य । कर्ण शाक्यको यस कृतिलाई ‘सोच’ प्रतिको सोच शीर्षक दिएर कृष्णाजीले राष्ट्रप्रेम, प्रकृतिप्रेम यात्राको महत्त्व, जीवन जिउने कला मित्रताको महत्त्व, नेताको आडम्बर, प्रजातन्त्र राष्ट्रिय सुदृढीकरणको अचूक मार्ग र सकरात्मकता जीवनको अमूल्य औषधी जस्ता उपशीर्षक दिएर कृष्णाजीले सटीक विश्लेषण गर्दै कर्ण शााक्यलाई यथाार्थवादी साहित्यकार र कृति यथार्थवादमा आधारित भएको निष्कर्ष निकाल्नु भएको छ ।
सेतो धरतीमा रातो फूल– यस शीर्षकमा अमर न्यौपानेले लेखेको ‘सेतो धरती ’ कृतिमा समालोचना गरिएको छ । ‘सेतो धरती’ले वि.सं.२०६८ सालको मदन पुरस्कार र रामराज पन्त स्मृति पुरस्कार प्राप्त गरि सकेको छ । यस कृतिमा छोटो तर मीठो समालोचना भएको छ र समालोचकको धारणा यसप्रकार छ– ‘ म के भन्दछु, भने, विसङ्गतिवादमा आधारित शैलीमा जीवनदृष्टि र अभिव्यक्तिको झलक दिन्छन् सेतो धरतीमा अमर न्यौपाने पनि पारिजातर ध्रुवचन्द्र जस्तै । बास्तवमा सेतो धरती नारीवादी उपन्यास र अमर न्यौपाने एक युवा नारीवादी उपन्यासकार हुन् ।’
सोह्रभित्र छ– यस समालोचनामा पल्लवको १६औं अङ्कमा समावेस भएका छ ओटा कथाकारका कथाहरूको अध्ययन गरिएको छ । यी ६ ओटा कथा र कथाकार यस प्रकार छन् । १) आमाको सपना –टीका खरेल, २)इथिक्सको वैज्ञानिक चमत्कार– विजुसुवेदी ‘विजय’, ३)माइक्रोबसमा एक दिन–मिलन समीर, ४()छोरी माफ गर– सपना सुन्दर, ५) क्षण भङ्गुर –सुनिद स्पन्दन र ६) पश्चताप–शान्ति शर्मा । यी सबै कथाकारका कथामा अलग अलग विश्लेषण गरिएको छ र यस प्रकारको निष्कर्ष निकालिएको छ–टिका खरेललाई यथार्थवादी कथाकार, दोस्रो कथाले पृथ्वीका मानिसहरूको भोलीका अवस्था बारे भविष्यवाँणी गरेको, तेस्रो कथाले हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट कर्तव्य निष्ठ बनेर नलागेसम्म समग्र नेपालीको उत्थान हुन सक्दैन भन्ने पाठ सिकाएको, चौथो कथाले मानिसले समयसापेक्ष कार्य गर्नु पर्छ भन्ने शिक्षा दिएको, पाँचौं कथाले जीवन नै क्षणभङ्गुर छ भने यहाँ हुने क्रियाकलापमा स्थायित्व रहनु नौलो र अनौठो कुरा हो भन्ने धारणा, छैटौं कथामा उच्च शिक्षा आर्जन गर्ने कुनै पनि युवाहरूलाई हरेक अभिभावकहरूले उसको आनीबानी र चालचलनबारे अध्ययन र अनुगमन गर्नुपर्ने कुरा नै यो कथाको मूल मर्म बनेको निष्कर्ष निकालीएको छ ।
गोमा र पौराणिक नारी परिचय – यस सममालोचनामा गोमाको जीवनका कष्टकर कथा व्यथालाई केलाउँदै, गोमाद्वारा सिर्जना गरेका कवितासङ्ग्रह, खण्डकाव्य, समालोचना, नारी परिचय, निबन्धसङ्ग्रह गरी ९ ओटा कृतिको साथै विभिन्न लेख रचना प्रकाशन भएका सत्यतालाई प्रष्ट्याउँँदै ३७ पौराणिक नारीको परिचयको योगदानलाई दर्शाउँर्दै, गोमा नारीवादी र यथार्थवादी साहित्यकार भएको निष्कर्ष निकालिएको छ ।
नारायणीका लहर–लहरमा तैरिँदा –यस शीर्षकमा प्रा.डा. नारायणप्रसाद खनालको नारायणीका लहर लहरमा (संङ्कलित निबन्ध,२०६१)मा समालोचना गरिएको छ । वरिष्ठ समीक्षक प्रा.डा. नारायणप्रसाद खनालका यस कृतिमा रहेका २८ ओटा निबन्धले दिएका सन्देशमा छोटो प्रकाश पारिएको छ । यी निबन्धमा नेपाली संस्कार, संस्कृति, शिक्षा सामाजिक व्यवहार, विकृति– विसङ्गतिमा सम्प्रेषण भएको निषर्ष निकालिएको छ ।
के छ पल्पसा क्याफेमा – ‘पल्पसा क्याफे’ ’नारायण वाग्लेको सिर्जना हो । यसले २०५२ देखि २०६२ सम्मको द्वन्द्वलाई समेट्ने प्रयास गरेको छ । यस कृतिको बारेमा विवेचना गर्दै यसमा भएको सारभावमा कृष्णाजी भन्नु हुन्छ –‘दशवर्षे द्वन्द्वकालमा यो राष्ट्र नेपाल र यहाँका जनताले खेपेका दुःखहरूको इतिहाँस हो पल्पसा क्याफे ।’
उनी गएको गोरेटो पछ्याउँदै –‘उनी गएको गोरेटो’ राधिका रायबाट सिर्जित कथासङ्ग्रह हो । यस समालोचनामा राधिका रायको छोटो जीवनी र यस कथासङ्ग्रहमा भएका कथाहरूको पनि छोटो विवेचना गर्दै यस कथासङ्ग्रहमा नारीस्वर गुञ्जिएका छन् र राधिका राय नारीवादी साहित्यकार हुन् भन्ने निष्कर्ष निकालिएको छ ।
अक्षरभित्र ः स्रष्टाहरू एक नव प्रस्तुति– मोहन दुवाल द्वारा सम्पादित तथा संकलित देश भित्रका तथा देश बाहिरका ५५५ जना स्रस्टाको परिचायत्मक यो जनमत प्रकाशनमा समालोचना गर्दै यस ग्रन्थलाई नेपाली साहित्यको एउटा दस्तावेज हो भन्ने निष्कर्ष निकालिएकमो छ ।
युवराज नयाँघरे र निबन्ध वैशिष्ट्य – ‘एक हातको ताली ’निबन्ध सङ्ग्रह चर्चित निबन्धकार युवराज नयाँघरेको सिर्जना हो । यस निबन्धले वि.सं. २०६५ सालको मदन पुरस्कार पाएको थियो । यसमा नयाँघरेका सिर्जनामा छोटो तर विश्लेषणात्मक विवेचना भएको छ र नयाँघरेलाई नेपाली निबन्धको क्षेत्रमा एउटा नयाँ आयम कायम गर्न चाहान्छन् भन्ने सन्देश प्रवाह भएको छ ।
विश्वेश्वरप्रसाद कोइरालका उपन्यासमा नारीपात्रहरू –तीन ्घुम्ती(२०२५),नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७),मोदीआइन (हिटलर र यहुदी (२०४०) र बाबु अमा र छोरा (२०४५) गरी विश्वेश्वरप्रसाद कोइरालाका ६ ओटा उपन्यासका नारीपात्रहरूको विवेचना गरिएको छ । तीन घुम्टीमा इन्द्रमायाजस्ता तर्क र धारणा राख्न सक्ब्ने नारी पात्र,नरेन्द्र दाइमा गौरी र मुनरिया, सुम्निमामा सुम्निमा र मानवीय स्वभाव प्रकृतिकी पक्षपाती नारी पात्र, मोदीआइनमा मोदीआइनको भूमिका सफल र प्रशंसनीय रहेकी पात्र, हिटलर र ््यहुदीमा लक्ष्मी र रेवा मुख्य पात्र र थियोडेरा र इल्जे सहायक पात्र सबै पात्र उपन्यासको मूल प्रसङ्गसँग जोडिएका पात्रहरू, बाबु आमा र छोरामा यी तीनै जना पात्र भएका र उमा यसकी प्रमुखपात्रको रूपमा देखिएकी छन् र मैले माथि उल्लेख गरेका पात्रहरू सबै सक्रिय र उपन्यासमा गहन भूमिका खेलेका पात्रमा पर्दछन् । यी पात्र बाहेकका नारी पात्रहरू अरू पनि छन् ।
‘शूर्पणखा’ खण्डकाव्यमा नारीवाद–शूर्पणखा खण्डकाव्य गोविन्दराज विनोदी द्वारा लेखिएको खण्डकाव्य हो । काव्यकार विनोदीको यस काव्यमा कृष्णाजीले गहिरो अध्ययन गरी भन्नु हुन्छ– ‘नारीप्रेम, संवेदना हार्दिकता आत्मीयता, राग–अनुराग आदिको व्याख्या र विश्लेषणले पूर्ण पुस्तक हो , शूर्पणखा खण्डकाव्य ।’ यसको साथै गोविन्दराज विनोदी यस काव्यमा नारीवादी कवि बनेर देखिएको धारणा आएको छ ।
जिन्दगीका मोडहरूमा कृष्णप्रसाद कोइराला –जिन्गीका मोडहरू कृष्ण प्रसाद कोइराला द्वारा लेखिएको सामाजिक उपन्यासमा कृष्णाजीले छोटो तर मीठो समालोचना गर्नु भएको छ र कृष्णाजी लेख्नु हुन्छ – ‘देशप्रेम, नारी र बालकहरूको कल्याण गर्नु पर्छ भन्ने शिक्षा बोकेको यो उपन्यास महनीय र पठनीय छ ’ ।
‘मान्छे हराएको देश’ मा कृष्ण पहारी– यो शीर्षकमा कृष्ण पहारीको कविता सङ्ग्रहका ५५ कविताहरूमा कृष्णाजीले शूक्ष्म चिरफार गर्नु भएको छ र यस विषयमा भन्नु हुन्छ –‘यी सम्पूर्ण कविताहरू मार्मिक, भावपूर्ण र घतलाग्दा छन् । ’
सहयात्री शब्दहरू र दीपेन्द्रसिंह थापा– ‘सहयात्री शब्दहरू’दीपेन्द्रसिंह थापा कृत कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहमा ३६ ओटा कविताहरूको शूक्ष्म विश्लेषण गरिएको छ, । उनलाई आजका युग कविको संज्ञा दिएको छ । समालनेचक कृष्णादेवी भन्नुहुन्छ –‘यो कवितासङ्ग्रह पनि सानो छ तर यस भित्रका ३६ ओटा कवितामा चुर्लुम्म डुबुल्की मार्नु पर्छ ।’
मेरो सहरको अवलोकन – मेरो सहर कृतिका कृतिकार हुन् धनपति कोइराला । समालोचकले यसका सबै कवितालाई र धनपति कोइरालको जीवनशैली समेतको गहिरो अध्ययन गरी यस कृतिभित्रका सम्पूर्ण कविताहरू वर्तमान नेपाल र नेपालीका प्रतिच्छायाँ भन्न सुहाउँछन् भन्ने निष्कर्ष निकालिएको छ षष्टामृतको रसपान – सदानन्द अभागी द्वारा सिर्जना गरिएका छ ओटा गजल सङ्ग्रहहरूको एकीकृत नाम हो ‘अभागीको प्रेमविहारको षष्टामृत ।’ समीक्षकले यसमा भएका छ ओटै गजलसङ्ग्रहको अलग अलग विश्लेषण गर्दै भन्नुहुन्छ –‘ अन्य भाषाबाट होइन, आफ्नै भााषाका रद्दीफ र काफिया संयोजन र सिर्जना गरिएका अभागीका यी गजलहरू आफ्नै शैलीमा महत्त्व दिएर अगाडी बढेका छन् ।’
गाउँमा साइरन बजेपछि मेरो दृष्टिकोण –‘गाउँमा साइरन बजेपछि’ कविद्वय मिलन समीर र लोकहरि क्षितिजको संयुक्त कपितासङ्ग्रह हो । यस कवितासङ्ग्रहका ५१ कविताहरूमा २६ कविता मिलन समीरका र २५ कविता लोकहरि क्षितिजका रहेका छन् । समालोचकले दुवैका कविताहरूमा अलग अलग दृष्टिपात गर्नु भएको छ र निष्कर्षमा पुग्दै भन्नु हुन्छ – ‘जुन कोणबाट अध्ययन गरे पनि प्रस्तुत कवितासङ्ग्रहभित्र समेटिएका कवि द्वयका दुई÷चार कविता प्रणयपरक भावमा बाहेक प्रायःजसो कविताहरू द्वन्द्वको पीडाले विक्षिप्त भावनाहरूको प्रस्फुटन र दुर्घटित भावनाहरूका प्रष्फुटन र दुर्घटनाहरूका चित्रपट नै हुन् ।’
कविताका झोलामा – कविता चापागाईको स्मृतिको झोला(२०७४)मा समालोचकले १८ निबन्धको शूक्ष्म विश्लेषण गर्दै भन्नु हुन्छ –‘हराउँदै गएको लोकसंस्कृतिक,संस्कार र पुराणप्रतिको अवधारणालाई पुनर्जागरणा गर्ने कुरामा कविताका निबन्धहरू शतप्रतिशत सफल देखिन्छन्।’
इन्द्रकुमार विकल्प र पर्वत साहित्यसङ्गम – इन्द्रकुमार विकल्प एउटा सिद्धहस्त साहित्यकार हुन् । पर्वतमा बसेर उनले नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय छ । समालोचकले इन्द्रकुमार विकल्प, साहित्य सङ्गम र कालिको सुसेली पत्रिका बीचको अन्तर सम्बन्धलाई सुन्दररूपमा उठान गर्नु भएको छ । यो कृतिगत नभै व्यक्ति, व्यक्तिले सिर्जना गरेको संगठन , संगठनले गरेको विकास र साहित्यिक पत्रिकाले पु¥याएको साहित्यिक उत्थानको बारेको एउटा सुन्दर विवेचना यसमा आएको छ ।
अन्तर्मनको यात्रा– यो कृति जगदिश घिमिरेद्वारा लेखिएको आफ्नै जीवन दर्शन हो । यो जीवन दर्शन हुँदाहुँदै पनि यस कृतिलाई अथाह ज्ञानको भण्डारको रूपमा लिन सकिन्छ । एवम् विश्वपरिवेशका घटनाहरू पनि जगदीस घिमिरेसँग गाँसिन आएको हुँनाले यो कृति अझै महत्त्वपूर्ण ठानिन्छ । यस कृतिले २०६४सालको मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत भएको थियो । यस कृतिमा कृष्णाजीले छोटै रूपमा भए पनि धेरै चिज ओगट्ने प्रयास गर्नु भएको छ र उहाँको यस कृतिप्रतिको धारणा यसप्रकार छ – ‘रक्तक्यान्सरसँग मुकाविला गर्दै लेखिएको यो कृति नेपाली साहित्यमा एक नूतन उपहार हो ।’
‘धर्मराज’ महाकाव्यमा राष्ट्रिय चिन्तन– धर्मराज महाकाव्यकाव्य माधव घिमिरेको सिर्जना हो । यो जनकविकेशरी धर्मराज थापाको विषयमा लेखिएको महाकाव्य हो । माधव घिमिरे छन्द बचाऊँ अभियान र महाकाव्य लेखन अभियानका प्रणेता पनि हुन् । समालोचकले उनको यस कृतिमा राष्ट्रिय चिन्तनको बारेमा गहिरो रूपमा अध्ययन गरेकी छन् र माधव वियोगीलाई राष्ट्रिय चिन्तनमा महान विचारकको रूपमा लिएकी छन् । समालोचकले ‘धर्मराज’ महाकाव्यको हरेक सर्गमा राष्ट्रिय भावनाले ओतप्रोत भएका थुप्रै श्लोकहरू समाविष्ट छन्’ भन्छिन् ।
‘जीवन, सोच र समयं लाई नियाल्दा –‘ जीवन सोच र समय’ निबन्ध संग्रहका रचनाकार हुन् युवा निबन्धकार राम ज्ञावली । ‘जीवन सोच र समय’ लाई मैले पनि अध्ययन गरेको छु । यो सानो तर विविध दृष्टिकोणबाट अनुकरणीय निबन्ध सङ्ग्रह हो । समालोचकले यस कृतिमा पनि विविध दृष्टिकोणबाट गहिरो अध्ययन गरेको देखिन्छ । समालोचकको यस कृति प्रति राखेको एउटा दृष्टिकोण यस प्रकार देखिन्छ –‘प्रवृत्तिगत दृष्टिकोण बाट अध्ययन गर्दा युवा निबन्धकार राम ज्ञावलीका निबन्धहरूमा दार्शनिकता, मानवतावाद, उपदेशात्मकता, विद्रोही आवाज, आध्यात्किता, राष्ट्रिय चिन्तन, व्याङ्ग्यात्मकता जस्ता अति गहन र दार्शनिक चिन्तनलाई बोकेर प्रगतिवादी धारमा सलल बगेका देखिन्छन् ।’
‘शल्यक्रिया’ मा बिर्खे अञ्जान– ‘शल्यक्रिया युवा समीक्षक बिर्खे अञ्जानको समीक्षा कृति हो । यसमा १५ओटा कृतिका समीक्षा समावेस गरिएका छन् । यी १५ओटै समीक्षाहरूमा समिक्षकले सारगर्भित धारणा राखेकी छन् । शल्यक्रियामा कृतिको मात्र समीक्षा न भै विधागत विविधता, कृतिकारको समीक्षा र महिला समावेशीता समेत रहेको धारणा आएको छ ।
नेपाली साहित्यमा भानुभक्तको स्थान – यस समालोचनामा भानुभक्त भन्दा पहिला नेपाली साहित्यमा विद्यारण्य केसरी, गुमानी पन्त, वसन्त शर्मा, सुवानन्द दास र रघुनाथ भट्ट जस्ता साहित्यकार भएको तर भानुभक्तले नेपाली जनमानसले बुझ्नेगरी नेपाली भाषामा कविता लेख्ने जनप्रियतामा अरु साहित्यकार अगाडी आउन नसकेको धारणा सहित कृष्णाजीले तुलनात्मक समीक्षा प्रस्तुत गर्नु भएको छ ।
‘वाजीकरण’ पढेपछि– ‘वाजीकरण’ लकाश पौडेलद्वारा सिर्जित कथासङ्ग्रह हो । यसमा २७ ओटा कथाहरू समावेश गरिएका र यस कथासङ्ग्रह भित्र एक तिहाइ कथाहरू यौनवादमा आधारित छन् भन्ने धारणा समालोचको छ । यस समालोचनामा कृष्णाजीले कथाभित्रका सकरात्मक र नकरात्मक दुवै पक्षलाई केलाउनु भएको छ । कथाकामा उच्छृङ्खल शब्दहरू प्रयोग भएकोमा सहमत देखिनु हुन्न समालोचक ।
तिम्रै पर्खाईमा घोत्लिँदा ––तिम्रै पर्खाइमा’ गजलसङ्ग्रह टीका पोख्रेल, सापकोटाको सिर्जना हो । यस गजलसङ्ग्रहमा ५३ ओटा गजल छन् । यो नै अन्तिम समालोचना हो । तिम्रै पर्खाइमा, रदीफ र काफियाको सुन्दर प्रयोग भएको, देशकाल परिस्थिति र प्रेमी–प्रेमिकाबीच पीडाजन्य उपजहरू भएको निष्कर्ष निकालिएको छ ।
सृजनाभित्र भावस्नान समीक्षासङ्ग्रहले पूर्व मेचीदेखि पश्चिम महाकाली भित्रका ख्यातीप्राप्त साहित्यकारका कृतिलाई समेटेर विविध विधामा (कविता, कथा, गजल, समीक्षा, साहित्यिक व्यक्तित्व, साहित्यिक संस्था) समीक्षा गरेको देखिन्छ । समीक्षाहरू सरल भाषामा लेखिएका, छोटा र मध्यम खालका भएकाले पाठकको लागि सहज ग्राह्य देखिन्छन् । समग्रमा सृजनाभित्र भावस्नानमा के छ भन्नु भन्दा पनि भावस्नानमा के छैन भन्न मन लाग्छ । यसमा समीक्षक स्वयम् नारी भएकोले होला हरेक कृतिमा नारीको स्थान, अस्तित्व, समाजिक व्यवहारमा नारी आदिको व्यापक खोजी देखिन्छ । समीक्षामा तुलनात्मक अध्ययन र विश्लेषण पनि गरेको देखिन्छ । अधिकांस समालोचनामा किटान निष्कर्ष आएको छ भने केहीमा कृतिले समेटेको धारणालाई पस्कने प्रयास भएको छ । यस समालोचनाको वैशिष्ठ्यता भनेको कृतिकारको तथा कृतिको थालनी र अन्त्यमा कविताबाट सम्बोधन गरिएको छ । कतै कतै बीचमा पनि आफूले चाहेको धारणाहरू कविताबाटै राखिएको छ । साहित्यकारको साहित्यिक र व्यक्तित्वको उच्चाई यिनै कविताले नै शूक्ष्मरूपमा विवेचना गरेको पाइन्छ ।
अत कृष्णादेवी शर्मा श्रेष्ठको यो समालोचनाको कृति पहिलो भएता पनि स्तरीय देखिन्छ । मेरो बिचारमा साहित्यकार स्वयम् नै समालोचक हुन् । किनकी उसका सिर्जनामा कुनै र कुनै रूपमा सामजका गतिविधिलाई विवेचना गरेको हुन्छ तापनि कृष्णाजीले बहुआयामिक समालोचनाको कृति लिएर हामी समक्ष प्रस्तुत हुनु भएको छ । कृष्णाजीको यो नविनतम् शैलीको उपहारप्रति बधाई दिँदै सुस्वास्थ एवम् दीर्घायुको कमना गर्दै विदा माग्दछु ।
धन्यवाद
२०७५ साल माघ ६ गते,
कावासोती न.पा.वडा नं ७ शान्तिचोक ,
नवपुर( सु.पू.नवलपरासी), गण्डकी प्रदेश नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )