~लक्ष्मी बिष्ट~
मनको चरि, पखेटा खोलि गाउछे रोएर
एक दुई अक्षर लेखु की साथी हृदय छोएर
बादल छुने सपना जस्ता कापिमा कोरेर
कति दिन, कति रात काटे, दिनहु रोएर
मनको चरि पखेटा खोली गाउँछे रोएर
चरिले बोल्यो उजाँड बनमा पालुवा मागेर
यसैमा रमाउन थाले म नजाउहै छाडेर
तिमीलाई हेर्न पहाडमा गई चुलिमा चढेर
बाजुञ्जेलको सम्झना छ है टुक्रिन्छ की भनेर
एक दुई अक्षर लेखु की साथी हृदय छोएर
बिलौना गर्थे रुखले छेक्यो आ“छु छ आ“खामा
रसिलो छैन यो मुहार मेरौ खै के को बिनौला
देखेर मेरो नफुट्ने बोलि फुटिनै रहिर¥यो
खै कस्ले होला साथि फक्रदै गरेको फु कुल्चेर गै–गयो
बादल छुने सपना जस्ता कापिमा कोरेर
परेलिलाई पर्दा नै बनाई चिम्लिउकि नजर
निदाए पनि ब्युझिए भन्ने बानि कहिल्यै नगर
मेरा त आ“खा खुलेकै थिए खै कसरी देखिन
धेरै दिन भएता पनि त्यो किन है सुनिन
कति दिन काटे कति रात काटे दिनहु रोएर
मनको चरि पखेटा खोलि गाउँछे रोएर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )