गीत : नेपाली भाई नेपाली बैनी

~लक्ष्मी प्रसाद देवकोटा~

नेपाली भाई नेपाली बैनी सबैको गुहार छ
अँधेरी आज यि हाम्री आमा देशको मुहार छ

के छ र हाम्रो ठिक बन्दोबस्त सब कुरा गडबड छ,
बलियालाई पैसानै लुट्ने सँधैको हडबड छ
देशको पैसा ठुलाले हजम हामी पो सारंगी
कन्चट बस्छन गाला सुक्छ्न मुख छ बेरंगी

सफा र सुन्दर राम्रो र दह्रो खाएको पियको
कमाउँदो जिउँदो रातो र पिरो खै हामी भएको
परदेश लाग्छन बैशालु केटा ढीडोले नपुगी
कुल्ली पो बन्छन दरबान बन्छन यस्तै छ जिन्दगी

नेपाली भाई नेपाली बैनी….

शब्द : लक्ष्मी प्रसाद देवकोटा
स्वर, सङ्गीत : रामेश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.