~दिपक नेपाल~
क्रान्तिकारी मुनालाई भाँच्नेहरु होसियार
रक्तबिज खोजी खोजी मास्नेहरु होशियार
बढ्दै जाँदा आक्रोश निसानामा को को पर्छन्
मौनतालाई कमजोरी आँक्नेहरु होसियार
काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर
सुर ताल नमिलाई नाच्नेहरु होशियार
तिमी आउँदा अर्को आउँदा उस्तै उस्तै भएपछि
घाटमा जाँदा मरी मरी हाँस्नेहरु होशियार
क्रान्तिकारी मुनालाई भाँच्नेहरु होशियार
रक्तबिज खोजी खोजी मास्नेहरु होशियार
रुपन्देही, बुटवल
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )