~किरण खरेल~
(तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला)x2
तिमीलाई मेरो झिलिमिली आकास नै ओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला
@साहित्य सङ्ग्रहालय
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला
तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नसामा जोवनको मधुधारा बगाउँला
सुकुमारी तिम्रा ओठमा ती ओठमा सङ्गालुँला
तिमीलाई मेरै न्यानो न्यानो अङ्गालोमा म अङ्गालुँला
@साहित्य सङ्ग्रहालय
तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला
रचना : किरण खरेल
सङ्गीत , स्वर : प्रेमध्वज प्रधान
सङ्गीत सञ्योजन : मनोहरी सिंह