कविता : सर्टिफिकेट

~रीता खत्री~

मैले मेरो जिन्दगीको चौबिस वसन्त काटे पछि
यो राज्यले एउटा सर्टिफकेट दियो डिग्री होडरको !
मैले त्यसलाई लेमिनेशन गरे
र सुरक्षित राखे सोकेशभित्र !

घाम, पानी, हावा,हुरी
र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन
कसैलाई छुन समेत नदिई राखेको त्यो सोकेश
यति बेला मेरा नानीहरुको कौतुहल बनेको छ
र प्रश्न पनि ??
आमा किन हेर्न मिल्दैन यो
यो भित्र के छ ?

यो भित्र मेरो जिन्दगीको चौबिस वसन्त छ
तिमीहरुको जस्तै मेरो बालपन छ
मेरो जिन्दगीको धार छ
मेरा बाबा आमाको सम्पूर्ण नगानी छ
मेरो पसिनाको गन्ध छ
नाईल नदी जस्तै लामो म बगेको प्रवाहा छ !
मेरो इतिहास छ
मैले जिवनभर घोकेको
कला,साहित्य,संस्कृति ,भूगोल,विज्ञान
लोकतन्त्र ,सामाजिक मुल्य मान्यता
समावेशिता,शसत्तिकरणको लामो कालखण्ड छ

यसलाई कागतको खोस्टो नसम्झनु
यसभित्र जे छ मेरो सर्वस्व छ
सटिफिकेट मैले जोगाएकै छु तिम्रो साख
मेरा सन्तानको अघिल्तिर

म लाचार छु
मेरो लेमिनेशन शुल्क समेत तिर्न नसक्ने
यो प्रयोग विहिन सटिफिकेट बोकेर
जिन्दगीको किनारे किनार
सपना भत्काएर हिड्नुको पिडा
उसलाई मात्र थाहा छ
जो हिडेका छन्
यो प्रयोग विहिन सटिफकेट बोकेर बाटाभरि
गन्तय खोजेर आँखाभरि
गुनासो नै को सित गरौ
जे छग् यहा प्रयोग विहिन नै त छन्:–
स्रोतहरु प्रयोग विहिन –साधहरु प्रयोगविहिन
आटहरु प्रयोगविहिन – हिम्‍मतहरु प्रयोगविहिन
सपनाहरु प्रयोगविहिन – योजनाहरु प्रयोगविहिन
जोशहरु प्रयोगविहिन – जाँगरहरु प्रयोगविहिन
विज्ञहरु प्रयोगविहिन – विज्ञताहरु प्रयोगविहिन

यहाँ,
प्रयोग जे छ – सत्ताको छ
यहाँ,
प्रयोग जे छ –शक्तिको छ
प्रयोग जे छ -:पहुँचको छ

यो असक्षम मान्छेको अकुशल व्यवस्थापनमा
चलेको यो राज्य संयन्त्रको सञ्जाल नभत्किदासम्‍म
यो युगको कुनै शान्त किनारमा
विज्ञताका सटिफिकेटहरु
यसरी नै मुर्दा लडिरहनेछन्
पलायन भत्किरहनेछन्

सोकेशभित्रै सजिरहनेछन्
युग –युगसम्म !!

– मधुपर्क

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.