~मेघराज भट्टराई~
मर्ने नेपाली मार्ने नेपाली
मेघराज भट्टराई
हिसाब गर्छु आत्मा जलाउछु
हात लाग्यो सून्य म पाउछु
कसका लागि रगत म बगाउछु ?
मर्ने नेपाली मार्ने नेपाली
छन् अझै ताज रगतका पुराना टाटा
गाउ“घरका भित्ता अझै छन् गाढा
इज्जत गुमायौ“ कति धन कमायौ
अशिक्षा अनि भयो बेरोजगारी
कसैले यहा“ भर्दैछन भकारी
गरिब खुनपानी भन्दा सस्तो
के यसैका लागि व्यवस्था यस्तो
भोका र नाङ्गा छन् जनता हाम्रा
मोज र मस्तीमै रमाउने नेता नि नराम्रा
पहाडको बास जीवनमा निरासै निरासा
कोही आउ“छ केही थपिदिन्छ आशा
समय बहुलायो नया“ युग ल्यायो
आमाबाबुलाई आश्रम पु¥यायो
युवा पिढीमा विचलन ल्यायो
यही कारणले मुग्लान पु¥यायो
हकको लडाइ“ लड्दै छौ“ भन्छन्
अनाहकमा मान्छेको ज्यान लिन्छन्
त्यो अधिकार कहा“बाट आउ“छ ?
भनि देऊ मुर्ख हामीलाई बनाउ“छ
मर्ने मधेसी मार्ने मधेसी
औषधि छैन बाच्ने कुनै आधार छैन
जति दुःख गरे पनि सुखी दिन आएन
भाषण मिठा सपना गुलिया
युग बिते तर त्यो दिन आएन
हार्ने नेपाली हराउने नेपाली
कङ्गाली मुलुक तिमी धनि बन्छौ“
जनतालाई अझै कति दुःख दिन्छौ“
विदेशी सामु मागेको सम्पत्ति
धुवामा अझै कती दिन उडाउ“छौ“
मर्ने नेपाली मार्ने नेपाली
मिहेनेती हात कति छन् कति
रोकेर राख्छ भने मति
सून्य नपार यो देशलाई
सिकाउ गर्न मिहिनेत युवालाई
अवसर यहा“ कति छ कति ?
थाक्ने नेपाली थकाउने नेपाली
समय फर्की आउने छैन फेरि
निर्दयी हुन्छ जाने छ मुखै नहेरी
युगले सम्झने गर काम यस्तो
नत्र अचम्म नमाने तिमीले हार्दा खेरी
मर्ने नेपाली मार्ने नेपाली
– दाङ (हाल अफगानिस्तान)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ७ – Thursday, January 7, 2016 – २०७२ पौष २३ गते )