~निस्नु थिङ~
देशको चिन्ता भएर साथी हामी यसरी हिँडेको
भीरबाट मुलुक खस्ला भनेर थाप्न काँध भिडेको
विरामी भइन् मातृभूमि उपचार खोज्न हिँडेको २
पाँनथर बजार घुमेर सन्देशको ज्योति फैलाउने
आशाको दियो बालेर राष्ट्रिय एकताको माला उनाउने
गौरवशाली हाम्रो नेपाल विश्वभरि चिनाउने २
सयौँ पूmल फुल्न दिऊ सुवास थरिथरि
सपना छ मुटुभरि, देशको मुहार फेर्ने विश्वास छ नयनभरि
भुल भएछ आजसम्म गलत मान्छे चयन गरी २
स्वरमा स्वर मिलाऊ, राष्ट्रिय एकताको बोलमा
सद्भावको ज्योति फैलाऊ गाउँ, बस्ती टोलमा
कति बेच्छन् ? हाम्रो नदीनाला दुई कौडीको मोलमा २
कोही कसैले बस्न नपरोस् जुनी जुनी पीडामा
ओढ्ने ओछ्याउने अभाव नहोस् कठ्यांग्रिने हिउँदमा
गल्ती कहाँ भयो र ¤ नेपालीको फाटिएको मन सिउँदमा
फालिसक्यो देशलाई अप्ठ्यारो दाउमा
नुन छर्ने काम भयो दाजुभाइको घाउमा
झन्डा हामीले उठायौँ राष्ट्रिय एकताको नाउँमा–२
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ७ – Jan. 8, 2014 – २०७० पौष २४ गते, बुधबार)