गीत : सच्चा सहिद

~डा. विश्वनाथ ‘प्रेम’~

ऊ सपूतको रगत हो, ऊ सहिद लास हैन
आमा भनेर जानु सानो सहास हैन
उसलाई मृत भन्ने तिम्रो प्रमाण के छ?
धर्ती स्वयम् भएर ऊ त देश बाँची रे`छ !

जुन घाम झैँ सुकीर्ति जसको छ विश्वमाझ
जसले जीवन नभन्दा जिउँदो छ देश आज
ए भो कुरै नसोध उसको बयान के छ?
नेपाल स्वयम् भएर ऊ त देश बाँची रे`छ !
आजाद स्वयम् भएर ऊ त देश बाँची रे`छ !

– विश्वनाथ ‘प्रेम’
“सच्चा सहिद” गीत बाट साभार/em>

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.