कविता : दोषि

~बिपिन शर्मा~

मेरो प्रेम र तिम्रो घृणा
यी दुई विन्दु बिच
प्रशस्तै शब्दहरु छन्
चित्रहरु छन्
भावनाहरु छन्
अनि,
कथा र ब्यथाहरु छन्।

मैले लेख्‍न खोजें धेरै पल्ट
तर कहिले शब्दहरु जमेछन्
कहिले शब्दहरु बगेछन्,
त्यसैले,
मेरा सृजना मसीका धब्बा बने
फगत मसीका धब्बा !
तिमीले झैं म पनि
जव आफैंलाई ऐनामा हेर्छु
प्रतिविम्वमा कालो धब्बा !
दोषि म हुँ ?
दोषि ऐना हो?
या प्रतिविम्व?
न्यायाधीश विहिन अदालतमा
चर्को वहश चल्छ-
दोषि को?
कटघरा मा जव ऐना उभिन्छ,
न तिमी देखिन्छ्यौ
न म
न त कुनै प्रतिविम्व !
लज्जित भएर ऐना फुट्छ
अनि टुक्राहरुमा तिमी र म
आफ्नै अनुहार हेर्छौं
हो,
आफ्नै अपूर्ण अनुहार,
तर भन्न सक्दैनौं-
दोषि हामी हौं
साँच्चै हामी दुवै
र,
शायद हामी सवै !!

Bipin Mishra
Gairi Dhara, KTM

(स्रोत: तन्नेरी डट कम – Issue 4 – Chaitra, 2061)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.