~अन्वेश राई थुलुङ्ग~
यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ ।
यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो समस्या परेको छ । हैना, गैंडालाई राष्ट्रिय जनावर बनाउँदा के हुन्छ हँ ।
यात्रु २ः हैना नी….. । अबो, गैंडा त जंगली एनिमल हो नी त ।
यात्रु १ः तिमीले बुझेकै रैनाछौ त्यही कानुनले हामी आदिवासीमा कत्रो असर परेको छ । यहाँ…… ।
यात्रु २ः(मुस्कुराउँदै ।) तिमी पनि खान्छौ त ?
यात्रु १ः हैना खानेलाई त खान दिनु परो नी त । कि ?
यात्रु २ः अँ….हो, त्यो ता ।
यात्रु १ः २८ सालको बुर्जुवा शिक्षा नै पढाङ्दा पढाङ्दै तिम्रो दिमाग नी सिँगाने भएछ । तिमीलाई यसो भन्नु तिम्रो नेताले सिकाको होला, हैना ?
यात्रु २ः तिमी जे सुकै भना, शिक्षोक भनेको जहिल्यै (औँला ठड्याएर ।) सहनशील हुन्छ । संसारका हरेक ठुला मान्छेलाई शिक्षोकले बनाको हो…….
यात्रु १ः(कुरा काट्दै ।) हाम्रो त संस्कार मै बुढा मरेको छोरीचेली कुमारी भएर फेरि बिहेवारी चलाउँछन् । हिजो त्यो लाउ चेली भनेर गीत गाउँदा मात्र तिम्रो सरकारले परिवर्तनको आवाज देख्ने तिम्रो नेता जातीवादी कि अतिवादी छ ।
यात्राभर यस्तै कुरा चलिरहे र अन्त्यत कुरा चर्काचर्किमा पुग्यो ।
भोलिपल्ट बिहान वाणी बहसमा कोहि नेता बोलाइएको थियो र आफ्नै वाणीको लयमा ऋषि धमला सोध्छन्, ‘………. यो प्रश्नको उत्तर दिनुप¥यो नेताज्यु जनता बुझ्न चाहन्छ ।’
(स्रोत : रचनाकारको ब्लगबाट सभार)