कविता : कस्तो चलन होला !!

~रोमी गिरी~

जन्मिनु अगाडी नै
हुन्छ ताना बाना
भन्छन चाहिन्छ नै छोरा !
यसरी सुरु हुन्छ यो
भविष्यलाई नै चुनौती दिने
कस्तो चलन होला !!

गर्भ रहन्छ जब
महिलाको शरीर हेरी
सबै छोरा नै होला भन्छन् !
यदी नहुँदो हो त
मिल्काई दिनु भन्छन् !!

छोराको जन्म सँगै
आमालाई आउँछ सु-आशिर्वाद
अनि पौष्टिक आहार !
छोरी हुदो हो त
महिलाको दिनहरु बित्छन् गर्दै बिस्मात
कहाँबाट पाउनु हजुर मान्छेको जस्तो स्याहार !!

ठुलो हुँदै जाँदा
छोरालाई गर्न दिईन्छ मनोमानी
ढलीमलि खान्छ मासु अनि भात !
छोरीलाई त छोरी होस्
पराइ घर जानु पर्छ भन्दै
सिकाईन्छ सबै चुलो र चौका
आमाको भावना हर्ष न बिस्मात !!

यौवनावस्थामा छोराले
केटि जिस्काए पनि
अर्का कि छोरीलाई हदै दु:ख दिए पनि
जे गरे नि
उमेरै त्यस्तै भन्ने हाम्रो चलन !
तेही ठाउँमा छोरीले
मलाई जिस्काए
दु:ख दिएको भन्दा देखि
करणी सम्म पनि
त धेरै उतौली भएर भन्ने पनि हाम्रै चलन !!
कस्तो चलन होला !!
यो कस्तो चलन होला !!

– काठमाण्डौं

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.