गजल : कसैसँग जोडिएछ

~बिभोर बराल~

थाहैनपाई कथा मेरो कसैसँग जोडिएछ
सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ

बेहोसीमा के-के भए भनि यसो नजर लाउँदा
बाधा मात्रै हैन साथी कसम पनि तोडिएछ

दुनियाँले थाहापाउला लुक्नुपर्यो भनेको त
हुस्सु मन! जताततै पदचिन्ह छोडिएछ

थाहै नपाई कथा मेरो कसैसँग जोडिएछ
सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.