जि.यश. गेलालका पाँच मुक्तकहरु

~जि.यश. गेलाल~


आस नभएरै निरास छ जिन्दगी
खास नभएरै निरास छ जिन्दगी
कल्पनाले मात्र नपुग्दो रहेछ
आभाष नभएरै निरास छ जिन्दगी


जब तिमीसँग मेरो साथ हुन्छ
सम्झ अब केही खास बात हुन्छ
हतार नगर केहीछिन पर्ख प्रिय
दिन जान्छ अनि पो त रात हुन्छ


त्यहाँ उ हुनुको आभाष नै खास हुने भए
टाढा हुँदा नि यादको दिलमै बास हुने भए
त्यो खास पललाई किन कल्पिएरै बस्नु पर्थ्यो
जब म बिनै ती यादहरुको सहवास हुने भए


उ आउँछ अनि रुन्छ मधुशालामा
यस्तै हुन्छ भनि सुन्छ मधुशालामा
अलिकति मधुरस लिँदै माहोल बुझ्छ
र आँशुले मुख धुन्छ मधुशालामा


मन जोडिंदाको धड्कन झन् कति मिठो
दिलबाट आउने कम्पन झन् कति मिठो
मन मिले दिल एकैभए बाँकि छैन केही
अनी तनहरुको स्पन्दन झन् कति मिठो

– जियश गेलाल
बयरबन, मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.