~खडगराज गिरी~
धुवाँ पुत्ताइरह्यो रातभरि – देखिएन आगो, देखिएन फिलिङ्गो, देखिएन झिल्को पनि ठ्याम्मै।
एका बिहानै हेर्दा धुम्मिएको हुस्सेले त्यस धुवाँको थुप्रोको चारैपट्टि फैलिएर छेकिराखेको थियो। जब निस्कियो घाम, बादल फारेर, एकाएक अल्पियो हुस्से। थुप्रोमा अब न धुवाँ रह्यो, न ध्वांसिएको वातावरण।
हुस्सेले निलिदियो धुवाँलाई – जसरी घामले हुस्सेलाई!
अहिले दिनभरिलाई घामको साम्राज्य छ।
– खडगराज गिरी, डिगबोई, असम
( ‘स्पन्दन’, जून 2009-बाट साभार, सम्पादक – होमबहादुर क्षेत्री)
(स्रोत : रचनाकार डट कम)