गजल : कारागारजस्ता छन्

~राम थापा ‘अविरल’~

अचेल घरहरु पनि कारागारजस्ता छन्
र,कविताहरु पनि समाचारजस्ता छन्

शान्तीको सौदाबाजी चलेकै मितिदेखि
यी फूलहरु पनि त तरवारजस्ता छन्

आफ्नै पैतालाको उति भर छैन यहाँ
हाम्रा अधिकृत पनि अखबारजस्ता छन्…

यो भद्रगोलमा जे पनि त भएकै छ नि
किसानहरु पनि कलाकारजस्ता छन्

हाय ! यो कस्तो समय देख्नुपर्ने भयो
यी बुढाहरु पनि त कुमारजस्ता छन्

– राम थापा ‘अविरल’, बागलुङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.