कविता : शुभकामना

~शान्ता शाह~

हिमाल जसरी हाँसिरहेथ्यो पहिले
हासिरहोस सधैभरि त्यसरी नै
नेपाल जसरी रोइरहेछ अहिले
रुनु नपरोस् कहिल्यै पनि यसरी नै
“चार जात हैन हामी एकै जात हौँ नेपाली”
भन्ने भाव जागिरहोस् सबैमा
मधेशी पहाडी या होस् हिमाली
समान भाव रहोस् हिन्दू मुश्लिम सबैमा
पुरानो कालो मैलो पखाली
एकता कायम रहोस नेपालीमा कमिलाका ताँतीसरि
बनोस् एक ढिक्को सिङ्गो देश, मेचीदेखि महाकाली
बसुन् यो देशका जनता अनारका दाना जस्तै गरी
गरिबहरू नमरुन् भोकमरीमा परेर
असहाय, बृद्धा, अपाङ्ग र अनाथहरूलाई सेवा पुगोस्
बस्नै नपरोस् यहाँ कसैलाई हिंसा सहेर
फुटाएर यहाँ जनता कसैले आनन्द नलुटोस्
समान न्याय र निशाफको कानुन बनोस् यो देशमा
कसैलाई सडकमा आई रुनु नपर्ने गरी
बाचुन नेपाली मानसम्मानले जुनसुकै पनि परिवेशमा
विश्वमा आफूलाई नेपाली भन्ने गर्व गरी
वसन्त ऋतुका पूmल जस्तै फुलेर
भित्रियोस खुशी र शान्ति नेपालभित्र
नेता वा जनता सबै जना मिलेर
बनाउन् एक आपसका सम्बन्ध पवित्र
देश फल्दै फुल्दै जाओस् सबैको एउटै चाहना
मिल्दै जाओस सबैका विचार अनि मन
अब अरू कसैबाट नथपिई कुनै बहाना
सबैलाई समेट्दै देशमा बनोस् नयाँ संविधान
नव वर्षको यही मेरो शुभकामना

–भालुवाङ, दाङ

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २२ – April 7, 2013 – २०७० बैशाख ४ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.