गजल : मान्छे आसपास आउँछ

~कविता न्यौपाने~

जब आफ्नो मनको मान्छे आसपास आउँछ
थोरै भएपनि मुस्कुराउने साहास आउँछ ।

निकै मजबुत ठानिएको सम्बन्धमा पनि त
एकाएक बिश्वास तोडिदाँ बिनाश आउँछ ।

मानिसको पहिलो आबस्यकता गाँस नै हो
त्यस सँगसँगै बास आउँछ, कपास आउँंछ ।

प्रदेशिएको छोरो कुरेर बस्छन् बाबुआमा
बिडम्बना बाकसमा छोराको लास आउँछ ।

चाडपर्वमा त दु:ख-सुख साटिनुपर्ने हो
किन मुख्य बस्तुका रुपमा तास आउँछ ?

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.