कविता : बालकको भविष्य

~गोविन्द गिरी प्रेरणा~

बुद्धजयन्तीको बिहान
स्वयम्भूमा शान्तिका लागि
कामना भइरहेछ
सेता परेवा उडाइएका छन्
यसैबेला पश्चिमी राष्ट्रमा
एउटा शक्तिशाली आणविक परीक्षण
पूरा गरिएको छ
र ठीक यति बेला नै
एउटा बालकले
सकुशल आफ्नी आमाको कोखबाट
पृथ्वीमा पदार्पण गरेको छ
म यति बेला
अत्यन्त असजिलोसँग
बुद्ध सोचिरहेछु
त्यो बालकको भविष्य सोचिरहेछु ।

– हाल भर्जिनिया,अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.