कविता : सुन्नै नसक्ने आवाज भएँ

~लक्ष्मी बिष्ट~

म, कसैले सुन्नै नसक्ने आवाज भएँ
त्यसै-त्यसै म आज बर्बाद भएँ

मेरो लागि छ आकाश छुट्टै
साथमा धर्ती अनि वेग पनि छुट्टै
म कसै-कसैको लागि सबै भन्दा छुट्टै

म कसैले सुन्नै नसक्ने आवाज भएँ
त्यसै-त्यसै म आज बर्बाद भएँ

चल्दैन यहाँ बतास मेरो लागि भनेर
सास फेर्न पनि गाग्रो हुन्छ
यहाँ बल्दै बत्ती मलाई भनेर
रात परेपछि जुनकिरी रोइरहन्छ
मेरो कहाली लाग्दो जीवन देखेर

म कसैले सुन्नै नसक्ने आवाज भएँ
त्यसै-त्यसै म आज बर्बाद भएँ

न बर्सन्छ पानी यहाँ न लाग्छ डढेलो
तर पनि आफ्नै मुटु भित्र बलिरहेछु
जुनकिरीको रात सँगै हरपल बढिरहेछ पाइला
अरूको हरियाली संसारमा हर दिन रमिरहेछु… हेरिरहेछु

म कसैले सुन्नै नसक्ने आवाज भएँ
त्यसै-त्यसै म आज बर्बाद भएँ

मेरा हर बस्तीहरूमा रुन्छ आकाश मलाई जिस्काई
मेरा ती रहर घुम्तीहरूमा रुन्छ विश्वास मलाई नै कोट्टाई
म तितो कथा नमिठो व्यथामा म यस्तै-यस्तै गाथामा अल्झिरहेछु
म गहिराइको सागरमा सधैँ डुबिनैरहेछु… रमिरहेछु

म कसैले सुन्नै नसक्ने आवाज भएँ
त्यसै-त्यसै म आज बर्बाद भएँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.