~सुदर्शन थिङ्ग~
के मागे र तिमीसँग मैले
के पायौ त मसँग तिमीले
गुमाउनु नै के थियो र यहाँ
हरदम आँसु पिलायौ त तिमीले
गर्दै छेऊ रे बदनामी मेरो
समाजमा तिमी सत्य बनेर
स्विकार्दै छु हरेक लान्छना
हो मेरो नै सबै गल्ती मानेर
फूलको बास्नामा रम्ने हैन माहुरी
खडेरीमा झरि जाने हुँ म पत्झरी
गर अझै कति छन् सम्बोधन
शिरोधार्य गर्छु म हाँसी हाँसी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )