नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~

आमुख–

ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट प्राप्त भयो । उहाँको हार्दिक आग्रहलाई सहजरूपमा स्वीकार्न घरयासी समस्याले गर्दा अलिक अपठ्यारो थियो तापनि बारंबारको आग्रहलाई अस्वीकार गर्न सकिन र जाने निर्णय गरें ।

२०७५ साल कार्तिक ६ गतेदेखि सञ्चालन गरिने अधिवेशनको कार्यक्रममा म त्यस संस्थाको आजीवन सदस्य भएको नाताले कार्तिक ५ गते नै त्यहाँ पुग्नु पर्ने भए पनि देवेन्द्रजीले भैरहवाबाट आउने टोलीले गाडी लिएर हरिनाश जाने भएको हुँदा मलाई त्यसै गाडीमा त्यही टोलीका साथमा आउनु होला भनेकोले म घरबाट ६ गते हिंडे । कावासोतीको फपूmलचोकमा गाडीको प्रतिक्षा लामो भयो । करिब एघार बजेतिर भैरहवा भलबारीबाट पशुपति लम्साल र कृष्ण घिमिरे साथै बुटवलका विश्वप्रकाश मरासिनी कारमा कावासोतीमा आइपुग्नु भयो । उहाँहरूको साथमा हामी नारायणघाटतिर लागेम् । नारायणघाटमा चितवनका साहित्यकार मित्रहरू प्रकाश चापागाई, रेशम विरही र पूर्णबहादुर अधिकारी हामीलाई कुरेर बस्नु भएको थियो । सानो कारमा चारजना बाहेक अड्ने ठाउँ हुने कुरै भएन । मैले पनि कारको सुविधायुक्त यात्रा छाडेर चितवनका साथी आएमा आउँछु नत्र फर्कन्छु भन्दै भैरहवाबाट आउने साथिहरूसँग विदा मागे र नारायण घाटमा बसें । चितवनका साथीहरू र म जाने र नजाने दोधारमा परेम् ।संयोग भनौं भिमाद जाने माइक्रोबस हाम्रो अगाडी आइपुग्यो । देवेन्द्र लम्सालजीको हामी ७ गतेको बृहत साहित्यिक सम्मेलनमा सहभागी हुनै पर्ने जोडबल थियो भने अर्कोतिर संयोगले मिलेको यो माइक्रोबसको सदुपयोग पनि हामीले गर्नै पर्ने भयो । हामी माइक्रो बसमा चढेम् र नारायणगढबाट पोखरातिर लागेम् ।

सधैं दुख दिने नारान्घाट मुङ्लिन राजमार्ग अहिले भने सुन्दर देखियो, चितवन र तनहूँलाई दुईभागमा विभाजन गरको नारायणी नदीको निर्मल जल, देवघाट पूण्य तीर्थस्थल, राम नगर, जुगडी हुँदै बस अगाडी बढि रहेको थियो, गाईघाट बारिपारिका पहाडको काखमा अवस्थित साना साना गाउँहरू, क्रमस अग्लिदै गएका हराभरा पहाडका टाकुराहरूको मनोरम दृश्यले यात्रीहरूमा कौतुहलता थपि रहेको थियो । सेती र मस्र्याङ्दी ( मुङलिनमा आएर त्रिशुली र मस्र्याङदी मिलेर बनेको नदी)को सङ्गम स्थलको मनोरम दृश्यलाई अवलोकन गर्दै हामी अगाडी बढ्दै गयौं । धेरै दुर्घटनाहरू भएर मन्दिर निर्माण गरिएको जलवीरेमा पुग्दा मलाई कता कता पुराना घटनाहरूको यादले सतायो, मन अमिलो भयो, गाडीले आफ्नो रप्mतार छाडेको थिएन, हामी मुङ्लिन पुग्यौं । मुङ्लिन मस्र्याङ्दी र त्रिशुलोको सङ्गमस्थल पहाडको काखको सानो तर सुन्दर बजार यहाँबाट गाडीले काठमाण्डु जाने मार्ग छाडेर पोखरातिर जाने मार्ग समातो । पृथ्वीनारायण शाहले साना साना राज्यहरूलाई मिलाएर सुन्दर नेपाल देश निमार्ण गरे पनि नेपाली जनतालाई भाषिक एकतामा आवद्ध गराउने आदिकवि भानुभक्त नै थिए । तनहूँ प्रवेश गर्दा चूँदी रम्घा जहाँ भानुभक्तको जन्म भएको थियो र आदिकवि भानुभक्तको याद आयो । रामायण, रामगीता, बधुशिक्षा, प्रश्नोत्तरमाला, भक्तमाला आदि उनका सिर्जनाहरू मनमस्तिष्कमा घुम्न थाले । गाडी मस्र्याङ्दी जलविद्युतको आगनबाट अगाडि बढ्यो, आबुखैरेनीको बजारमा गाडी रोकियो यात्री थप्नु त थिएन सायद पुलिस चौकिमा नाम लेखाउन होला ! केही गाडी उत्तरतिर मोडिए,मनकामना र गोर्खा दरबारको स्मरण आयो तर हाम्रो गाडी सत्रसय फाँट, डुम्रे, हुँदै दमौल्ी आइपुग्यो । यो पवित्र स्थानले पराशर ऋषि,मत्स्यकन्या र वेदव्यासको स्मरण गरायो । दमौलीमा आज पनि व्यास गुफा देख्न सकिन्छ । हामीलाई हरिनाश स्याङजा पुग्नु थियो । तनहूँका मनोरम प्राकृतिक सौन्दर्यको रसपान भन्दा पनि हरिनाशको बृहत् साहित्य सम्मेलनमा पुगिन्छ कि पुगिदैन भन्ने आशंका र हतारमा थियौं । गाडीले निरन्तरता दिंदै जामुने,थर्पु हुँदै खैरेनीटारमा आएर गाडी रोकियो । डाइभरले पोखरा जाने यात्रीलाई गाडी बिग्रिएकोले अर्को गाडीमा जानु होस् भन्न थाल्यो । यात्री कराउन थाले तर यात्रीहरूको पोखरा पुग्ने बाध्यता थियो अर्को गाडीमा चढे ।

हामी पनि अर्को गाडीको खोजीमा थियौं तर नआत्तिनुहोस् तपाइँहरूको व्यवस्था पनि हुन्छ भन्न थाल्यो ड्राइवरले । हामीलाई उसले भिमाद पु¥यायो । भिमादको बजार सानो रहेछ तर सुन्दर रहेछ । समयले डाँडो काट्दै थियो, यहाँबाट अझै किहुँ, चित्रे भञ्ज्याङ्, गिरेकोट(गृहेकोट) छिपुङ हुँदै हरिनाश पुग्नु थियो । नयाँ ठाउँ, नयाँ बाटो, अपरिचित व्यक्तिहरूका कारणले केही असहजताको अनुभूति हुनु स्वभाविक हुन आउँछ । हामीले गाडी जान्छ भन्ने पनि सुन्यौ अनि गाडी गैसकेको कुरा पनि सुन्यौ । रुपन्देहीका साथीहरूले पनि गाडी खोजी रहेका रहे छन् । गिरेकोट जाने बस फेला प¥यो । बस भिमादबाट उत्तरपश्चिमको बाटो समाउँदै गिलाङ हुँदै, लामीडाँडा किहुँ पुग्यो म किहुँ त पुगेको थिइन तर खैरेनीटार क्षेत्रीय कृषि तालिम केन्द्रमा कार्यरत हुँदा किहुँको सुन्तला भनेर निकै नाम सुनिन्थ्यो । आज किहुँको बाटो हुँदै जान पाएकोमा मलाई रमाइलो लाग्यो, सुन्तलाका बोट देख्छु कि भनेर घाँटी तान्न थालें ।बेसीमा खेतका गह्रा र लेकमा(पहाडमा) बारीका गह्राहरू,हरियालीले भरिएका पाखाहरू देखिन थाले । किहुँ तनहूँको अन्तिम सीमाना रहेछ । लामीडाँडा किहूँ काटेर हाम्रो गाडी चित्रेभञ्ज्याङ पुग्यो । घरहरू रामा्र टिनले छाएका, वैंकको पनि सुविधा भएको रमणीय ठाउँ लाग्यो । कसैले भन्दै थियो यो हरिनाश गाविसको सदर मुकाम हो । सदरमुकाम हो होइन भन्ने तर्फ म लागिन । हामी धेरै माथि चढी सकेका थियौं । चिसोले आफ्नो सामथ्र्य देखाउँदै थियो । हामी तराईबाट लेकाली ठाउँमा पुग्दा चिसोको महसुस गर्नु स्वभाविकै थियो । शरिरले जाकेट खोजी रहेको थियो । हाम्रो बसले पनि आफ्नो गन्तव्य स्थान टेक्यो र भन्यो (गिरेकोट) गृहेकोट आयो ।रजनी माताले सन्देश दिंदै थिइन्, ‘जाने ठाउँमा चाडै जाओ भनेर’ तर साथीहरू चलमलाउन थाले । साधनको लागि देवेन्द्रजीलाई फोन गरे । मैले आधिघन्टा पनि लाग्दैन रे हिडौ भने । भिमाद हुँदै तीनओटा जीप आउँदै छन् , त्यसैमा मिलेर जसरि मिल्छ मिलेर आओ भन्ने सन्देश आयो । जिप पनि आए हामी एनकेन प्रकारेण हरिनाश पुग्यौं ।

साहित्य सम्मेलन यही ऐतिहासिक स्थल वनको टाकुरोमा सञ्चालन भएको रहेछ । साहित्यकारहरू रमाउँदै त्यही सम्मेलन स्थलमा खाना खाइरहनु भएको र हामीलाई पनि थाल समाउनु होस् र खान थाल्नु होस् भन्दै हुनुहुन्थ्यो स्याङ्जाका वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारी ी । कोही साहित्यकार सुत्ने ठाउँतिर लागि सक्नु भएको रहेछ । खाना पछि हामी पनि सुत्ने ठाउँमा जाने तरखरमा लाग्यौं । मेरो चाहना थियो चिरपरिचित बरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारी तथा युवा साहित्यकार मिलन समीरसँग सँगै बस्ने र चिन्नेवास, हरिनाश तथा यहाँका ऐतिहासिक महत्वका विषयमा छलफल गर्ने तर भाग्यले रुपन्देहीका साथिहरूसँगै बस्न जुरायो । हामी बलीकोटको एक घरमा ५ जना बस्न पुग्यौं.। एक जना भाइ हाम्रो सहयोगको लागि हामीसँगै हुनु हुन्थ्यो । पर्यटकीय विकासको लागि होमस्टे थालनी भैसकेको जस्तो लाग्यो ।

विश्वप्रकाशजीले यहाँका नामहरूको बारेमा केही जानकारी गराउँदै भन्नु भयो– ‘चिन्नेको रुखमुनि बटुवाले बास बसेको हुनाले चिन्नेबास नाम रह्यो ,डाँडामा आँपको रुख भएकोले आमडाँडा, थुम्किलो डाँडा भएकोले थुम्का, भीरपाखा जहाँ पानी अडिदैनथ्यो त्यस ठाउँको नाम तर्केनी,छत्रजस्तो आपको रूख भएकोले छत्रेआँप, भिरमाखोला भएकोले विरमाखोला,ज्याग्दीखोला मगर भाषबाट आएको नाम हो, धाराको पानी खाने भन्ने हो, भालुको जस्तो थुम्किलो भएकोले भालुथुम्का भनिएको हो,लेकको बारी भन्दा भन्दै लेवा भएको हो, काँडैकाँडा भएकोले काँडेवन भनिएको हो । सरकारको संरक्षणमा रहँदासम्म वनको अवस्था राम्रो थिएन जब वन समुदायको संरक्षणमा आयो तब सामुदायिक वनको रूपमा वनको राम्रो विकास भयो आदि जानकारी प्राप्त गर्न सके । तीनजना साथीहरू आफ्नै रमाइलो गफमा मस्त हुनु हुन्थ्यो । विश्वप्रकाशजी पनि तिनै रसिला गफमा मिसिनु भयो । म निद्रादेवीको प्रार्थनातिर लागें । कुखुराले डाँको छोडो मलाई लाग्यो विहानको चार बजिसक्यो । हुनत म कहिले तीनबजे उठ्ने, कहिले चारबजे उठ्ने र कम्प्युटरमा बसेर लेख्नेकाम तथा कहिले काँही फेसबुकमा आँखा गाड्ने काम गर्छु । यहाँ भने निद भागे पनि बिस्तरामा पल्टिरहने बाहेक केही थिएन । साढे पाँच बजेको हाराहारीमा सबै उठ्यौं र स्नान आदि काम सकेर साहित्य सम्मेलनतिर जान तयारी भइयो । हाम्र नजर बलिकोटबाट तलतिर हेर्दा लअलअ कोदोबारी, वेसीमा खेतका साना साना गह्रा, बलिकोटबाट माथितिर हेर्दा सदाबहार वनले ढाकेको अति रमणीय प्राकृतिक सम्पदाले मनै लोभ्याउने दृश्य, हामीले स्वर्गका कुरा गर्छौ, वनबाटीकाका कुरा गर्छौ, त्यो सदाबहार वनको दृश्य देख्दा लाग्यो यो नै स्वर्गको बाटिका हो । कटुसका रुखहरूको मात्र रमणीयता छैन, यहाँ कटुस लगायत काफल, जामुनु, चिलाउने, लालीगुराँस, उनियो,अँगेरी लगायतका विविध वनस्पतिहरू यहाँ पाइँदा रहेछन् । जुन घरमा बसेका थियौं त्यसै घरको भाइलाई सोधें ‘यहाँ बाघ छैन ?’ भाइले उत्तर दिए ‘बाघमात्र हैन बाँदर, मृग, दुम्सी, मलसाँप्रो आदि जनावरहरू पाइन्छन् । विभिन्न किसिमका चराहरूले यस वनलाई सिङ्गारेका छन् ।’ कार्यक्रम स्थलमा जानु नै थियो, हामी सबै उकालो चढ्न थालेम् । वनको माथि खाली चौरमा साहित्य सम्मेलनको लागि आयोजकले कुर्सी मिलाउँदै रहेका र चिया र नास्ताको तयारी पनि सँगसँगै भै रहेको रहेछ । चिया नास्ताको लागि महिलाहरू जुटेका, कसैले पानी बोकीरहेका ,कसैले भाँडा माझिरहेका, कसैले आलु काटी रहेका आदि सक्रियता के को लागि मनमा प्रश्न उठ्नु स्वभाविक थियो । कसैले भन्दै थिए– हरिनाशक्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन महिलाहरू जुटेका छन् र उदाहरणीय काम गरेका छन् । यी शब्द सुन्दा र आफ्नै आँखाले काम गरेको देख्दा मनमा आदरता जागेर आयो र दिलबाटै सबै महिलालाई मनमनै नमन गरें ।

हरिनाश नामाकरणको बारेमा चर्चा चल्दा सबैको धारणा एकै किसिमको आयो । हालको हरिनाशको डाँडामा पहिलेका भुरेटाकुरे राजा हरि भन्ने राजाले राज गरेको र पछि यस राजाको वंस नै नाश भएकोले यस डाँडाको नाम हरिनाश हुन आएको भन्ने कुरा लेखहरूमा आएका छन् । यस सम्बन्धमा ज्याग्दी खोलाको तरङ्ग वर्ष ४४ अङ्क १ पूस्र्णाङ्क १२को सम्पादकीयमा प्रधान सम्पादक देवेन्द लम्सालजीले लेख्नु हुन्छ–‘जब बाइसे चौविसेहरूले आफ्नो राज्य विस्तार गर्न थाले हरि राजालाई आत्म समर्पण गर्न भनियो तर उनी आत्मसमर्पण गर्न मानेन् बरु लड्न तयार भए र मारिए । हरि राजाको राज्य नाश भयो र त्यस भूमिको नाम हरिनाश रह्यो ।’ यस सम्बन्धमा भग्नावशेषहरू पाइने कुरा पनि लम्सालजीले लेख्नु भएको छ ।

मलाई लाग्यो यस क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई र ऐतिहासिक महत्वलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रसम्म पु¥याउनको लागि यो बृहत् हरिनाश साहित्य सम्मेलनको आयोजना गरिएको रहेछ । हरिनाशको डाँडो जहाँ कार्यक्रम स्थल तोकिएको थियो त्यहाँ सातओटा विश्रामको लागि सिमेन्टका बेञ्च तयार पारिएका रहेछन् । शिव मन्दिर, शिव मन्दिको पूर्वपट्टी बसाहको मूर्ति, यो बसाहाको मूर्ति बलिकोटका नव विहानी आमा समूहबाट मिति २०७४ साल फागुन महिना एक गते निर्माण गरिएको र उक्त बसाहाको मूर्ति निर्माण गर्न हरिनाश गाउँपालिका –५का श्री यामनारायण मानन्धर,स्व.श्रीमती भवानी कुमारी मानन्धरले सहयोग गरेको ।यसरी नै मन्दिरभित्र घन्टी सर्प, विष्णु, लक्ष्मीको तस्विर, शिवजीको मूर्ति बझाङका गणेशजंगबहादुर सिंहले स्वर्गीय बुबाज्यू श्री नर जंगबहादुर सिंहको स्मृतिमा प्रदान गरेका, पार्वतीको मूर्ति ,काठमाण्डौकी दिप्ती सिंहले स्व.मुमा श्रीमती सावित्री पाण्डेको स्मृतिमा प्रदान गरेको । प्रकाश लम्साल कुरुम्फा–८ द्वारा स्व.हजुरमुमा श्रीमती तेज कुमारी लम्सालको स्मृतिमा गणेशको मूर्ति प्रदान गरेको बिरण मन्दिरमा पढ्न पाइयो । मन्दिरको पश्चिमउत्तरतिर तुलसीको मठ एवम् घन्टी झुण्ड्याइएको छ ।

यस तुलसीको मठमा उभिएपछि देखिने दृश्यले मानिसलाई निकै आकर्षक पार्छ । हेरौं हेरौं लाग्छ । त्यहाँका एक जना स्थानीय युवासँग सोधनी गरे यी खोला जस्ता देखिने ,यी गाउँहरू, ती हिमालहरूको नाम के होला ?उनले खरर भने, खहरेखोला (तितिङखोला) स्याङ्दीखोला, महखोला, गान्टेखोला, भ्याङखोला वास्लखोला आदि खोलाहरू बग्दै गएर बिरुवामा मिसिएर ज्याग्दी खोलाको नामाकरण हुन्छ । यसपछि दोलैचेखोला, लुभ्दीखोला, खानीखोला हुँदै कालीगण्डकीमा मिसिन्छन् । नदी पछि ती भाइले देखिने गाउँहरूको नाम फटाफट भन्न थाल्नु भयो –आमडाँडा, लेवा, घरादी, गान्टे, कमन्ते, कुरुम्फा, वलीकोट, आइडाँडा, गिरेकोट, आइडाँडा, चिप्लाङ, तर्ले, किचान्स, खै।ीकोट, पेल्काचौर, मनकामना, कुसुमभञ्ज्याङ, सुरुङक्वदीचौर, चिन्नेबास, गैरी, जगतभञ्ज्याङ, मल्याङ्कोट, दार्सिङ्, क्याक्मी,केवरे, पुरकोट,चित्रे, बसन्डाँडा, आदि थुप्रै नामहरू भाइले बताउँदै जानु भयो केही छोडे हुम्ला केही टिपे ,कति शुद्ध नाम लेखे या गलत त्यो एकिन गर्न पाइन । साहित्य सम्मेलनको उद्घाटनको लागि सबैलाई सहभागी हुन बोलाइयो, मलाई नाम बताउने भाइ पनि धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, गणेश हिमाल भन्दै, अगाडी बढ्नु भयो । हामी मञ्चको अगाडी पुग्यौं । हरिनाशबाट यति धेरै गाउँहरू, नदीनालाहरू र हिमालहरूको मनोरम दृश्य देख्न पाएँ र हरिनाशको सदाबहार जङ्गलमा क्षणिक भए पनि बसेर साहित्यको रसपान गर्न पाएँ । यहाँको यो रमणीयता र प्रकृतिले दिएको सौन्दर्यतालाई जति वर्णन गरेपनि कमी नै हुन्छ ।

अव बृहत् साहित्य सम्मेलनको उद्घाटन कार्यक्रमतिर लागौं । यस कार्यक्रमको मुख्य उद्देश्यमा हरिनाशको पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचय बनाउनु, देवेन्द्र लम्सालजीको सम्पादकीयमा प्रस्तुत धारणा अनुरूप ‘ हरिनाश साहित्य सम्मेलनले साहित्यको माध्यमबाट नेपाली मनहरूमा राष्ट्रियता एवं राष्ट्रिय एकता र मुलुकमा राजनीतिक एकतासँगै विकास र समृद्धिले प्राथमिता प्राप्त गरोस् ’ भन्ने भावना आएको साथै पहिलो अधिवेशन मार्फत कार्य समितिको चयन गर्नु र पत्रिकाको लोकार्पण गर्नु जस्ता उद्देश्य लिएर गरिएको यो ्बृहत् साहित्य सम्मेलनले तपसिलको नयाँ कार्य समितिको चयन ६गते नै गरिसकेको थियो । अध्यक्षमा देवेन्द्य्र लम्साल, उपाध्यक्षमा अग्निपल्लव, सचिवमा शालिकराम लम्साल, सहसचिवमा भगवत भट्टराई अर्जुन कुमार लम्साल कोषाध्यक्ष, सदस्यहरूमा प्रेम दमाल, मुकुन्दप्रसाद, रुकुम गोतामे, श्यामलाल गिरी, नारायण मरासिनी, गायत्री लम्साल र गोपाल अधिकारी गरी १३ सदसीय कार्यसमिति चयन भएको जानकारी पाइयो । प्रा.डा. रवीलाल अधिकारीजीको प्रमुखातिथ्यता रहेको यस साहित्य सम्मेलनमा विशेष.अतिथिहरूमा रामराज रेग्मी, दिलबहादुर क्षेत्री, घनश्याम परिश्रमी, अतिथिहरूमा विश्वप्रेम अधिकारी, भूपिन, मित्रलाल पंगेनी, अमर वानिया (सिक्किम, भारतबाट), महेश प्रसाई, हरिभक्त कोइराला (प्रदेश १), हरिकृष्ण काफ्ले (प्रदेश २), प्रकाश चापागाई (प्रदेश ३), सदानन्द अभागी (प्रदेश ४), विश्वप्रकाश मरासिनी (प्रदेश ५), महेन्द्र चन्द्र महाकाय (प्रदेश ६) दैलेख ), हेमन्त विवश (प्रदेश ७), टिप्पणीकार लोकबहादुर थापा, लोकार्पण गरिने पत्रिकाका समालोचक रुपिन्द्र प्रभावी कटु,, युवा साहित्यकारहरू ( मिलन समीर, शम्भु अर्याललगायत ) लगायत, विशाल उपस्थिति थियो भन्न हिचकिचाउनु पर्ने देखिदैन । सबै सहभागीको नाम समावेश गर्न सकिन त्यसको लागि क्षमा चाहान्छु । हरीनाशलाई पर्यटकीय क्षेत्रमा विकास गर्नु पर्छ भनी पहिलो प्रस्तापक साथै हाल पनि विकासरत पूर्व सांसद धु्रवराज लम्साल, हरिनाशको विकशीय क्षेत्रको संस्थापक अध्यक्ष देवबन्दु लम्साल र यस विषयमा मलाई शूक्ष्म जानकारी दिने अर्जुनप्रसाद लम्सालजीहरूको सहभागिताले पनि सम्मेलन प्रभावकारी बनेको थियो । विकास भनेको समाज तथा समुदायको सहभागिता र क्रियाशीलताको एकीकृत रूप हो । समयको अभावले गर्दा यस क्षेत्रको विकासमा जुट्नेहरू विभिन्न राजनीतिक दलहरू, समाजसेवी, शुभचिन्तक, विकासप्रेमी आदिको बारेमा जानकारी लिन÷पाउन सकिन र सबैको नाम समावेस गर्न सकिन । यसमा पनि क्षेमा चाहान्छु ।

बिमोचित पत्रिका

पत्रिका विमोचन भयो र पत्रिकाको समीक्षा पनि रुपिन्द्र प्रभावी कटुले गर्नु भएको थियो ।

विधागत प्रकाशन हुनु पर्ने सुझाव पनि दिनु भएको थियो । ‘नेपालमा मगर(ढुट) भाषाको साहित्यिक रूपरेखा’ शीर्षकमा डा. कुसुम शर्माले तयारपारेको ११ पृष्ठको कार्यपत्रमा लोकबहादुर थापा मगरले , टिप्पणी गर्नु भएको थियो । कार्यपत्र सरर्र पढ्दा,मगर भाषा भोट बर्मेली भाष परिवार अन्तर गतको भाषा भएको नेपाल राज्य निर्माणमा मगर जातिको योगदान उल्लेख्य रहेको, प्राचिन कालदेखि नै दरवार र सैनिकमा प्रभाव रहेका,लोक साहित्यमा समृद्ध रहेको, सोरठी,कौरा, बालुन, नचरी आदिमा साहित्यको पृष्ठ भूमि जोडिएको, भाषा अध्ययन परम्परा विदेशी विद्वानहरूको, लेखन परम्पामा हुर्किएको, लेखन परम्परा वि.सं. २००९बाट प्रारम्भ भएको र पहिलो साहित्यिक कृति ‘कानुङ लाम’( हाम्रो बाटो) कवितासङ्ग्रह २००९मा बालकृष्ण ‘रूपाबासी’ (पोखरेल) द्वारा लिखित प्रकाशनमा आएको, मगर भाषाका आदिकविमा बालकृष्ण पोखरेल नै भएका र मगरजातिका स्रष्टामा हेर्दा जितबहादुर सिँजाली मगर र रेखबहादुर थापा मगर मगर भाषाका आदि कवि भएको भेटिने र ‘कविद्वेयका मगर भाषाङ शुरुओ कीटाव र मगराती भाषाङल्हिङ ड टुक्काबौ कविता सङ्ग्रह नै मगर जातिका स्रष्टाहरूबाट प्रकाशित पहिला कृतिहुन्’ (डा. कुसुम शर्मा, कार्यपत्र,पृष्ठ २) । यस कार्य पत्रले मगर भााषको साहित्यि लेखन परम्परा २००९ बाट आरम्भ भएको दुई काल खण्डमा अध्ययन गर्न सकिने (पहिलो काल खण्ड २००९बाट २०४५ साल सम्म पहिलो चरण र २०४६ सालपछि दोस्रे चरण) । पहिलो चरणमा लोक साहित्य, लिखित साहित्य भाषिक अध्ययनलाई समेटेको छ । दोस्रो चरण (२०४६) पछिको विवरणमा मगर भाषाको प्रयोग र लेखन अभियानकै रूपमा आएको कार्यपत्रले जनाएको छ । यस कार्य पत्रमा यस अवधीमा लोक साहित्यिमा पनि कृति प्रकाशन भएका ,लिखित साहित्यमा २० जना साहित्यकार र तिनका सिर्जनालाई समेटेको देखिन्छ । यस समयमा गीति चक्का,टेली फिल्म, पत्रपत्रिका रेडियोमा प्रसारण, भाषिक कार्य, वर्तमान अवस्था र निष्कर्ष र सन्दर्भ सामग्री सूचि सहित कार्यपत्र सङ्ग्रहणीय रुपमा आएको छ । टिप्पणीकारको धारणामा ५–७ वर्ष यता प्रकाशित कृतिहरू नसमेटिएका,े भन्ने छ । टिप्पणी कारले पनि कार्यपत्र सङ्ग्रहणीय रुपमा आएको धारणा राख्नु भएको थियो ।

अत ःसाहित्यिक सम्मेलन भव्यता र रम्यताको रुपमा सञ्चालन भइरहेकै अवस्थामा झापा, चितवन, रुपन्देहीतिरका साथीहरू विदालिएर हिड्ने तरखरमा लागे पछि , म पनि विदा लिएर हिंडें । हरिनाश साहित्य सम्मेलन भव्यताका साथमा सम्पन्न भएको र हरिनाश साहित्य सम्मेलनको घोषणा पत्र पनि जारी भएको जानकारी भने देवेन्द्रजीबाट जानकारी पाएँ भन्दै हरिनाश प्रकृति रम्यताले भरिएको दृश्यलाई आत्मसात गर्दै, यस्तो देशभित्रकामात्र नभै विदेशका साहित्यकार समेतलाई वोलाए सुन्दर स्थानमा भव्य कार्यक्रम सञ्चालन गरेकोमा ज्याग्दीखोला साहित्य प्रतिष्ठानप्रति आभार व्यक्त गदै विदा चाहान्छु ।

धन्यवाद
२०७५ साल पुस २४ गते,
कावासोती न.पा.वडा नं ७ शान्तिचोक ,
गण्डकी प्रदेश नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.