गजल : यो पनि त हुन सक्छ

~महानन्द ढकाल~

म घाम तिमी जुन यो पनि त हुन सक्छ
म गीत तिमी धुन यो पनि त हुन सक्छ

मन्थन भै विचारको मन मिले तन मिले
म नसा तिमी खुन यो पनि त हुन सक्छ

आगोसँग मात्र नौनी गल्छ भन्ने कहाँ छ र ?
म तेजाव तिमी सुन यो पनि त हुन सक्छ

चाह भए सुनाउन एक अर्काको ढुकढुकी
म जाडो तिमी ऊन यो पनि त हुन सक्छ

बैगुनीलाई थोरै गुन यो पनि त हुन सक्छ
म पानी तिमी नुन यो पनि त हुन सक्छ

महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.