कविता : नमन

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बनायौ डसना जोडेर साना चकटीहरु ।
बस भन्दै बिशाल डसना ओछ्याई दीयौ
तिमी नजन्मेकोभए बन्दैनथ्यो नेपाल यो ।
देशनिर्माणकर्ता बिर्सने कस्तो नेपाल भयोे ।

नमन गर्छु तिमीलाई खोलेर हृदय मेरो ।
पहिला ठूलो जन्मभूमि हो त्यसपछि अरुहरु ।
म त जान्न अन्यत्र शान्तिको खोजीमा ।
गौतमबुद्ध जन्मेका हुन् यही मेरो देशमा ।

च्यात्न खोजेकाछन् डसना बनेर प्यादाहरु ।
फालेकाछन् अस्त्र जात भाषा संस्कार भेदन ।
अझ लाग्दैछन् खण्डित गर्न सकिन्छ कि भूगोल ?
एक ढिक्का छ नेपाली मन हार्नेछन् प्यादाहरु ।

एउटा पृथ्वीको आर्जन अटल रहनेछ नेपाल यो ।
नमन गर्दछु राष्ट्रनिर्माणमा योगदान गर्नेलाई ।
घृणा लाग्छ शान्तिको खोजीमा अन्यत्र जानेलाई ।
झन् घृणालाग्छ मलाई राष्ट्रघात गर्नेहरुलाई ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.