~बैकुण्ठ ढकाल~
तिमी त साहै ठालु रैछ्यौ
रीस र घमण्डको मकालु रैछ्यौ
सोचे, सम्झेभन्दा बिलकुल फरक
अमुक अमुकको रखालु रैछ्यौ
छेपारो जस्तै रंग फेर्न सक्ने
हिजो मेरी आज अर्कैकी मायालु रैछ्यौ
भेटेदेखि दूध पिलाएर मनमा राखें
रुपमा राम्री सारमा बिषालु रैछ्यौ
नदीको दुई किनारा भए पनि
प्रगति नस्वीकार्ने इर्स्यालु रैछ्यौ।