लघुकथा : सुनको कोपरा

~होमर श्रेष्ठ~

छट्टु नेता हतारिँदै गाडीबाट निस्केर आकर्षक वंगलाभित्र पसे र बहुप्रतिक्षित परीलाई अङ्कमाल गर्दै भने- “डार्लिङ, भेरी सरी ! अस्ति राज्य पुनःसंरचनाको मिटिङमा र हिजो शान्ति प्रक्रियाको बैठकमा अति नै व्यस्त थिएँ ।”

क्रोधित परीले मुख बाउनै खोज्दा नेताजीले उछिनेर बोले- “डार्लिङ, तिमी किन धेरै शङ्का गर्छौ ? किन हतारिन्छौ ? केही वर्ष पर्ख न ! नयाँ आतङ्ककारीको पुनर्जन्म भएन र यो लोकतन्त्रलाई हाँक दिएनन् भने तिमीलाई फेरि पनि न्यु–योर्क, लण्डन र पेरिस घुमाउँला ! चिटिक्क परेको एउटा ‘सुनको कोपरा’ किनिदिउँला ! अनि, तिमी स्वर्गकी परी हुनेछौ!”

सुन र स्वर्गको वर्णन सुनेपछि परी दङ परी !

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.